सुनको मूल्य ९५ हजार ८ सय पुग्यो, हालसम्मकै उच्च

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०७७, १२ : ११
सुनको मूल्य ९५ हजार ८ सय पुग्यो, हालसम्मकै उच्च

काठमाडौं । आज शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ ।

बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ ।

अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस