‘कोरोनाविरुद्धको खोप यही वर्षको अन्त्य तिर तयार हुन्छ’

एजेन्सी

शुक्रबार, ०९ साउन २०७७, ०७ : ५०
‘कोरोनाविरुद्धको खोप यही वर्षको अन्त्य तिर तयार हुन्छ’

एजेन्सी । चीनले यही वर्ष (सन् २०२०) को अन्त्य सम्ममा कोरोनाविरुद्ध खोप आम प्रयोगका लागि तयार भइसक्ने दाबी गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चाइना नेसनल फर्मास्युटिकल ग्रुप सिनोफार्मका अध्यक्ष लियु जिन्गझेनले खोपको मानवीय परीक्षण भइरहेको र आगामी ३ महिनाभित्र यो प्रक्रिया पूरा हुने अपेक्षा रहेको बताएका छन् ।

सिनोफार्मअन्तर्गत चाइना नेसनल बायोटेक ग्रुपका अनुसार चीनमा कोरोना संक्रमण घट्दै गएकाले खोप परीक्षणमा सहभागी हुने व्यक्ति पाउन मुस्किल भइरहेको छ । तर उक्त खोपको परीक्षण चीनबाहिरका मुलुकमा भइरहेको छ ।

जसमा संयुक्त अरब इमिरेट्स पनि सहभागी छ । यस्तै एक अर्को चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले ब्राजिलमा खोपको परीक्षण गरिरहेको छ ।