काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ ।
आयोगको नेपालगञ्जबाट गएको टोलीले खनाललाई रु १६ लाख १३ हजार ९७५ बराबरको स्रोत नखुलेको नगदसहित निजको कार्यकक्ष नजिकैबाट पक्राउ गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
खनालले विभिन्न फर्म तथा पसलबाट लिएको कमिशनबापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ साउन २०७७, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस