काठमाडौंको बजारमा हरियो तरकारीको मूल्य एक्कासी बढ्यो

पत्रपत्रिकाबाट

विहीबार, ०८ साउन २०७७, ०८ : ३३
काठमाडौंको बजारमा हरियो तरकारीको मूल्य एक्कासी बढ्यो

काठमाडौं । काठमाडौंको बजारमा हरियो तरकारीको मूल्य एक्कासी बढेको छ । अविरल वर्षाका कारण यो हप्ता बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन नसक्दा मूल्यमा दोव्बर वृद्धि भएको हो । 

एक हप्ताको अवधिमा बजारमा अधिकांश हरियो तरकारीको मूल्य दोव्बरले बढेको कालीबाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले पछिल्लो समयमा तरकारीको आयात नै कम हुँदा मूल्य बढ्न गएको जानकारी दिए ।

‘लकडाउनदेखि नै बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन सकेको छैन,’ उनले भने, ‘यो साता मुलुकभर आएको बाढी पहिलो कारणले तरकारीको आयात न्युन हुँदा मूल्य बढ्न गएको हो ।’ लकडाउनपछि तरकारीको आयात कम भएको थियो । यतिबेला तरकारीको उत्पादनको सिजन नभएको र भएको तरकारी पनि बाढीको कारणले बजारमा भित्रिन नपाउँदा मूल्यमा सामान्य बृद्धि भएको उनको भनाइ छ । 

बजारमा होलसेल मूल्यको तुलनामा दोब्बर खुद्रा मूल्य कायम रहेको छ । शंखमूलकी व्यवसायी पवित्रा थापाले अधिकांश हरियो तरकारीको मूल्य बढेर आएको बताइन् । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस