श्रद्धाञ्जलि

प्रचण्ड र ओलीले ओढाए पाख्रिनको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा

बुधबार, ०६ मंसिर २०७४, १२ : ३८
प्रचण्ड र ओलीले ओढाए पाख्रिनको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा

चितवन । जनवादी गायक एवं गीतकार खुसीराम पाख्रिनको पार्थिव शरीरमा बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्तरुपमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका छन् । संयुक्त वाम गठबन्धनको चुनावी सभामा मंगलबार गीत गाएपछि अस्वस्थ्य भई अस्पताल पुगेको पाख्रिनको केही बेरपछि उपचारकै क्रममा निधन भएको थियो ।
दिवंगत पाख्रिनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपा माओवादी केन्द्र जिल्ला पार्टी कार्यालय भरतपुरमा बुधबार बिहान आयोजना गरिएको श्रञ्द्धाञ्जलि कार्यक्रममा उपस्थित भएर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएका हुन् । उनीहरुले पाख्रिनको पार्थिव शरीरमा झण्डा ओढाएपछि फूलको माला अर्पण गरेका थिए । कार्यक्रममा उपस्थित माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा बादल, अमिक शेरचन, नारायण दाहाल लगायतका नेता एवं सयौँ कार्यकर्ताले पनि पाख्रिनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाएका थिए ।

२००९ साल कात्तिक ९ गते गोरखाको खरिबोटमा जन्मिएका पाख्रिनकी श्रीमती, दुई छोरी र एक छोरा छन् । दुई छोरामध्ये एक छोरा अमर पाख्रिन दोर्जे जनयुद्धका क्रममा २०६१ साल चैत ३ गते लमजुङमा मारिएका थिए । २०३८ सालमा सगरमाथाको काखबाट भन्ने प्रगतिशील गीतबाट साँगीतिक यात्रा सुरु गरेका पाख्रिनका पाँच सयभन्दा बढी प्रगतिशील रचना प्रकाशित छन् ।

श्रद्धाञ्जलि कार्यक्रममा माओवादी केन्द्रका नेता सूर्य सुवेदी पथिकले पार्टी अध्यक्ष प्रचण्डद्वारा जारी शोक वक्तव्य पढेर सुनाएका थिए । वक्तव्यमा नेपाली प्रगतिवादी साहित्यिक एवं साँस्कृतिक आन्दोलनका धरोहर जनताका प्रिय गायक पाख्रिनको निधनले पार्टी स्तब्ध भएको उल्लेख छ । 


वक्तव्यमा भनिएको छ, शोकको यस दुखद् क्षणमा हाम्रो पार्टी कमरेड खुसीराम पाख्रिनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक एवं सहयोद्धाहरुमा गहिरो समवेदना प्रकट गर्दछ । त्याग र निष्ठाका बिम्ब, जनताका प्रिय नेता एवं गायक कमरेड खुसीराम पाख्रिनको निधनले हाम्रो पार्टी, नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिशील साहित्यिक, साँस्कृतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको छ ।
२००९ साल कात्तिक ९ गते गोरखाको खरिबोटमा जन्मिएका पाख्रिनकी श्रीमती, दुई छोरी र एक छोरा छन् । दुई छोरामध्ये एक छोरा अमर पाख्रिन दोर्जे जनयुद्धका क्रममा २०६१ साल चैत ३ गते लमजुङमा मारिएका थिए । २०३८ सालमा सगरमाथाको काखबाट भन्ने प्रगतिशील गीतबाट साँगीतिक यात्रा सुरु गरेका पाख्रिनका पाँच सयभन्दा बढी प्रगतिशील रचना प्रकाशित छन् ।
 

प्रतिक्रिया दिनुहोस