नारायणगढको लायन्स चोकमा रक्तदान कार्यक्रम हुँदै

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, १३ : ५४
नारायणगढको लायन्स चोकमा रक्तदान कार्यक्रम हुँदै

चितवन । नारायणगढको लायन्स चोकमा रक्तदान कार्यक्रम हुने भएको छ । लियो क्लब अफ भरतपुर युथ र लायन्स क्लब अफ भरतपुर युथको संयुक्त आयोजनामा साउन १५ गते विहीबार सो कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लियो दिपेश ज्ञवालीले जानकारी दिए । रक्तदान कार्यक्रम लायन्सचोकमा रहेको फुड एण्ड मग क्याफे, बुमेरन इन्टरनेशनल एजुकेशन अगाडि हुनेछ ।

कोरोना भाइरस (कोभिड–१९)को माहामारीका कारण रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । खुल्ला रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न लियो ज्ञवालीले सबैलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस