काठमाडौं । बाढी–पहिरोले पृथ्वीराजमार्गको धादिङ खण्डको मौवा खोलाको पुल बगाएपछि पृथ्वीराजमार्ग ठप्प छ ।
धादिङ र चितवनको सीमामा रहेको मौवा खोलाको पुल बगाएर पृथ्वीराजमार्ग ठप्प हुँदा राजधानी काठमाडौंसँगको सम्पर्क टुटेको ३६ घण्टा भइसक्यो ।
आज पनि सडक खुल्ने सम्भावना नभएको अधिकारीहरुले बताएका छन् । प्रहरीका अनुसार डोजरहरूको प्रयोग गरेर खोलाले बगाएर ल्याएको गेग्य्रान फाल्ने, ग्याबिन वाल लगाउने काम भइरहेको छ ।
अहिले मौवा खोलाले आफ्नो धार परिवर्तन गरेकोले झन समस्या थपिएको छ । खोलालाई पहिले बगेको ठाउँमा नफर्काएसम्म समस्या हुने देखिएकोले पुरानै ठाउँमा फर्काउने काम भइरहेको प्रहरीले जनाएको छ । मौवा खोलाको पुलसँगै त्यहाँको १५ मिटर सडक खोलाले बगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ साउन २०७७, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम