लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०७७, १९ : २३
लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । कोरोना महामारी रोकथामका लागि गत चैत ११ देखि लगाएको लकडाउन विधिवत रुपमा अन्त्य भएको छ ।

मन्त्रिपरिषदको  निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस