काठमाडौँ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बारा, कलैयाका सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई पक्राउ परेका हुन् ।
टोली देखेपछि चन्दन जैसवाललाई दिई भाग्न खोज्दा निज दुबैजनालाई सो रकमसहित कलैया नगरपालिका वडा नं ४ बाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०७७, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ