स्थानीय र निकुञ्जबीच द्वन्द्व : धार्मिक वन क्षेत्रका घरटहरा हटाइँदै

पत्रपत्रिकाबाट

आइतबार, ०४ साउन २०७७, ०८ : ५१
स्थानीय र निकुञ्जबीच द्वन्द्व : धार्मिक वन क्षेत्रका घरटहरा हटाइँदै

गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित ठाकुरबाबा मन्दिर परिसरको धार्मिक वन क्षेत्रमा घर टहरा निर्माण गरी व्यवसाय संचालन गर्दै आएका स्थानीय व्यवसायी र निकुञ्जबीच द्वन्द्व चर्किएको छ। साढे तीन दशकअघि धार्मिक वन क्षेत्रमा बसाइएको बजार निकुञ्जले एकाएक हटाउन पहल गरेपछि स्थानीयसँगको विवाद उत्कर्षमा पुगेको हो।

ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ स्थित निकुञ्जको मध्यवर्ती क्षेत्रमा ठाकुरबाबा धार्मिक वनक्षेत्र अतिक्रमण गरी बसाइएको बजारका घरटहरा हटाउन स्थानीयलाई अनुरोध गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। ुवन क्षेत्रमा ४ हेक्टर जमिनमा ५५ घरटहरा निर्माण गरी बजार संचालन हुँदै आएको छ। सुरुमा बजार संचालन गरेका व्यवसायी छाडेर गैसके । पछि आएर व्यवसाय संचालन गरेका अझै बसिरहेका छन्ु, उनले भने, ुमन्दिर परिसरको बजारक्षेत्र पटक(पटक उठाउने निर्णय भएता पनि राजनीति करण भएकाले निकुञ्जले कार्यान्वयन गर्न सकेको थिएन। मन्दिर परिसरको बजारक्षेत्र गत बर्ष पनि हटाउने निर्णय भएको हो।

हामीले बजार संचालन गर्नु भएका व्यवसायीलाई घरटहरा भत्काएर लैजान अनुरोध गरेका छौं।एक दुईजनाले भत्काका भए पनि अरुको बाँकी भएको उनले बताए। अनुरोधलाई बेवास्ता गरे बल प्रयोग गर्न बाध्य हुने उनको भनाइ छ। बरालले थपे, ुस्वयंले घरटहरा भत्काए घरमा प्रयोग भएका सामान लैजान पाउनुहुन्छ। निकुञ्जले भत्काउनु पर्यो भने घरमा लागेका सामाग्री जफत गर्दै जरिवानासमेत गर्छौं।

बर्दिया राष्ट्रिय निकुञ्जको करिव ४ सय हेक्टर जमिन अतिक्रमणको चपेटामा परेको छ। बर्दियाको ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिका तथा सुर्खेतको लेखपराजुल क्षेत्र अतिक्रमणमा परेको छ। निकुञ्जले केही वर्षभित्र करिव ४० हेक्टर जमिनको अतिक्रमण हटाएको अधिकृत बरालको भनाइ छ।  ठाकुरबाबाको सैनवार, बाँसगढीको चेपाङ, बारबर्दियाको कर्तनिया, हरनवा क्षेत्रमा रहेको अतिक्रमण निकुञ्जले हटाएको हो। हालसम्म करिब २० घरहरु हटाएको उनले बताए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस