नेपाल आइडल फेम्ड गायक पवन गिरीको ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०७७, १६ : ३८
नेपाल आइडल फेम्ड गायक पवन गिरीको ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन २ फेम्ड गायक पवन गिरीले आफ्नो तेस्रो अफ़िसिएल गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन् ।  कोरना कहर बीच संगीतप्रेमीहरुलाई मनोरंजन प्रदान गर्न गायक गिरीले  रमाइलो  डान्सिङ बिटको गीत सार्वजनिक गरेका हुन् ।  

नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका गायक गिरीले यस गीत मार्फत आफुलाई भर्सटाइल गायकका रुपमा प्रमाणित गरेका छन् । लोक लयमा आधारित यस गीतमा स्वर पवन गिरीको रहेको छ भने शब्द रमेश दहालको रहेको छ ।  अस्ट्रेलियामा बसेर नेपाली संगीतमा योगदान पुर्याइरहेका टिका दहालले यस गीतलाई संगीतवद्द गरेका हुन्।  गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् ।  

म्युजिक भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् ।  उनीहरुलाई अन्य डान्स क्रुले साथ दिएका छन् । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन् । जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन् ।  वाइड लेन्स प्रोडक्सनको  च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई  हास्य टेलिश्रृंखला 'सक्किगोनि'मा  काकु भनेर चिनिने कलाकार दिपक आचार्यले  निर्देशन गरेका हुन् ।  

रक विधामा रुचि राख्ने गायक गिरीले यसअघि ‘मलाई एक छिन देउ’ र दोस्रो गीत ‘बधाई छ’ सार्वजनिक गरिसकेका छन । वाइड लेन्स प्रोडक्सनका सीईओ प्रज्वल गजुरेल र विनोद भारतीको लगानीमा तयार भएको भिडियोमा रामजी बस्नेतलाई बिशेष धन्यवाद ज्ञापन गरिएको छ । यस गीतलाई माया गरिदिन टिम ‘मिल्टेरीको जुत्ता’ले सम्पुर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस