काठमाडौं । आर्थिक वर्ष २०७६ र ७७ को अन्तिम महिना असारमा मात्रै चालु बजेटको एक खर्ब १६ अर्ब रुपैयाँ खर्च भएको छ। अघिल्ला महिनामा भएको खर्चसँग तुलना गर्दा असारको खर्च अस्वाभाविक र मनपरी रुपमा गरेको देखिन्छ।
सरकारको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १ सम्म चालु खर्च ६ खर्ब ७० अर्ब रुपैयाँ थियो। असार ३१ मा आउँदा यो खर्च ७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। एकै महिनामा गरिएको एक सय १६ अर्ब रुपैयाँ खर्च जेठसम्म भएको खर्चको तुलनामा १७।३१ प्रतिशत हो। असारमा मात्र होइन अन्य महिनाको तुलनामा जेठमा पनि खर्च ९८ अर्ब रुपैयाँ भएको छ ।
असारमा खर्च भएको कुल एक खर्ब १६ अर्ब रुपैयाँमध्ये पछिल्ला १० दिन (असार २१ देखि ३१ सम्म) को मात्र खर्च ५१ अर्ब रुपैयाँ हो। यसले सरकारी कर्मचारीको मिलेमतोमा विनियोजित बजेट कसरी रित्याउने काम भएको छ भन्ने देखाएको छ। नागरिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ साउन २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'