बिनानिष्कर्ष टुंगियो बालुवाटार वार्ता, स्थायी समिति बैठक नरोकिने

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०७७, १४ : ४३
बिनानिष्कर्ष टुंगियो बालुवाटार वार्ता, स्थायी समिति बैठक नरोकिने

फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा आज भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।

ओली–प्रचण्ड वार्ताले कुनै निष्कर्ष दिन नसकेपनि भोलि शुक्रबार बस्ने स्थायी समिति बैठक भने नरोकिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

दुई अध्यक्षको छलफलमा कुनै निष्कर्ष ननिस्किएको नेकपा महासचिव विष्णु पौडेलले बताए । उनले शुक्रबारको स्थायी समिति बैठक बस्नेसमेत बताए  ।

‘सहमतिका लागि प्रयास जारी छ। आजको बैठक निचोडमा पुगेको छैन’ महासचिव पौडेलले भने, ‘भोलि स्थायी समिति बैठक बस्छ ।’

प्रतिक्रिया दिनुहोस