‘चङ्गा चेट’ युट्युवमा सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०७७, ११ : ४३
‘चङ्गा चेट’ युट्युवमा सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशित फिल्म ‘चङ्गा चेट’ सार्वजनिक भएको छ । केही वर्ष अगाडि प्रदर्शनमा आएको ‘चङ्गा चेट’ युट्युव मार्फत सार्वजनिक भएको हो ।

प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको फिल्म माधव वाग्लेले निर्माण गरेका हुन् ।

फिल्मले चलचित्र घरमा राम्रो यवसाय गर्न नसकेपनि युट्युवमा भने राम्रो दर्शक पाइरहेको छ । फिल्म निर्माणमा माधवलाई शर्मिला पाण्डेले पनि सघाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस