काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र तत्कालीन गृहसचिव प्रेमकुमार राईले ‘तजबिजी अधिकार’ प्रयोग गर्दै सुराकी परिचालनमा करिब डेढ करोड रुपैयाँ खर्च गरेका छन् ।
आर्थिक वर्ष २०७५र७६ मा गृहमन्त्री थापाले ७२ लाख र तत्कालीन गृहसचिव राईले ७३ लाख ९ हजार रुपैयाँ सुराकीमा खर्च गरेका हुन् । गृहमन्त्रीले एक पटकमा ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न मिल्छ ।
राईले ०७६ माघमै अवकाश पाइसकेका छन् । ०७४ फागुनमा गृहमन्त्री बनेका थापाले अघिल्लो आव जस्तै ०७५र७६ मा पनि मनलाग्दी सुराकी र शान्तिसुरक्षा शीर्षकमा खर्च गरेको महालेखाको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०१ साउन २०७७, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन