किन यस्तो भयो कमरेड ?

पत्रपत्रिकाबाट

बुधबार, ३१ असार २०७७, १९ : २३
किन यस्तो भयो कमरेड ?

काठमाडौं । आफ्नो प्रतिकूल हुने गरी कोही उत्रिए ऊविरुद्धका हतियार खोज्ने पुरानै बानीका कारण महासचिव विष्णु पौडेल यतिबेला हच्किनुभएको छ । उहाँलाई ललिता निवास प्रकरणमा तानिन्छ कि भन्ने त्रास छ ।

चर्चा छ– प्रधानमन्त्रीले विष्णु पौडेललाई नेकपाको महासचिव बनाएको विषयमा रक्षामन्त्री ईश्वर पोखरेलले असन्तुष्टि राख्नुभयो । ‘बुटवलमा झलनाथको प्यानलबाट महासचिव हुँदाहुँदै मैले तपाईंलाई साथ दिएँ । त्यसो हुँदाहुँदै अहिले किन विष्णु पौडेललाई महासचिव बनाउनुभयो ?’ ईश्वरको यो प्रश्नमा प्रधानमन्त्रीको जवाफ थियो, ‘उहाँलाई त रजिष्टर बोकेर यसो यताउताको सही गराउन पो खटाएको । कहाँ महासचिव बनाएको हो र ? नेता तपाईं पो हो †’ कुनै माध्यमबाट यो कुरा विष्णुको कानमा पुगिसक्यो । अर्को घटना छ, प्रदीप ज्ञवालीसँग सम्बन्धित । 

परराष्ट्रमन्त्रीका हैसियतले उहाँले राजदूतका प्रस्तावित नाम लैजानुभयो । तर, प्रधानमन्त्रीले आफ्नै गोजीबाट नाम निकालेर माइन्युट गर्न लगाउनुभयो । प्रदीपले प्रतिवाद गर्नुभयो, ‘त्यही गरे पनि प्रक्रियाबाट गराँै न †’ यो कुरा सुनेपछि प्रदीपले लगेको फाइल प्रधानमन्त्रीले फ्याँकिदिनुभयो । कागजका टुक्रा भुइँमा झ¥यो ।

मुख्यसचिव लोकदर्शन रेग्मीले त्यो उठाएर एक छेउमा राख्नुप¥यो । पहिला ई–पासपोर्टसम्बन्धी अर्को फाइल पनि प्रधानमन्त्रीले त्यसैगरी फ्याँक्नुभएको थियो । सुनिन्छ, हालैमात्र एक अर्का मन्त्रीमाथि यस्तै दुव्र्यवहार भयो ।

आजको जनआस्था साप्ताहिक मा खबर छ । 

प्रतिक्रिया दिनुहोस