काठमाडौं । सत्तारुढ दल नेकपा (नेपाल कम्युनिष्ट पार्टी) भित्रबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुस भनेर नेताहरुले सुझाएपछि पार्टीभित्रै विवाद अहिले चुलिएको छ । प्रचण्ड सहित दुवै अध्यक्षको खेमा बाँडिएका नेता कार्यकर्ताहरुले आफुपक्ष धरका नेताहरुलाई अहिले विभिन्न सुझाव दिदैं आएका छन् ।
यस्तै, सुझावको क्रममा प्रधानमन्त्री ओली निकट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ओलीलाई एक पद छोड्नुपर्ने अवस्था आए पार्टी अध्यक्ष नै रोज्नुपर्छ र यही विधिबाट समाधानमा जानुपर्छ भन्ने सुझाव दिएपछि पोखरेललाई, प्रधानमन्त्री ओलीले ‘ए, तपाईं पनि नेता हुनुभएछ, हैन त’ भनेको चर्चा अहिले व्यापक चुलिएको छ । शंकरमात्रै होइन, ओलीसंग नजिक रहेका कोही पनि पार्टी विभाजनको पक्षमा भएनन् । ओली निकट मानिएका ईश्वर पोखरेल र प्रदीप ज्ञवालीको चाहिँ प्रधानमन्त्रीमा निरन्तरता रहनुपर्छ भन्ने धारणा रहेको बताइन्छ ।
नेताहरुले पार्टी विभाजनमा जाँदा आफैँ सकिनुभन्दा अर्को विकल्प छैनन् भन्ने गाईगुँई गर्न थालेका छन् । किनभने, ०५४ मा फुटेको एमालेले ०५६ मा सहज बहुमत आउने परिस्थिति गुमायो । र, अहिले खोलो बल्ल १८ वर्षमा फर्केको छ । यदि अहिलेको विभाजन त्यस्तै हुने हो भने नेताहरुलाई गाह्रो छ । प्रधानमन्त्री ७० वर्ष, ईश्वर ६६ वर्ष, अरु पनि ६० आसपास । फेरि १८ वर्षको घुम्ति हान्नु परे सबै नेता ८०–९० का हुन्छन् । यि कुराहरु अहिले नेताहरुले सोच्न थालेको श्रोत बताउछ ।
पार्टी विभाजन प्रचण्डहरुका लागि पनि राम्रो होइन । माओवादी आएर पार्टी फुटाए भन्ने सन्देशले पूर्व माओवादी कित्ताकै राजनीतिलाई क्षति पु¥याउने हो । माधव, झलनाथ पनि प्रचण्डको लहैलहैमा लागेर हुँदाखाँदाको पार्टी चकनाचुर बनाएको आरोप नलागोस् भन्नेमा अर्का अध्यक्ष प्रचण्ड आफैं सचेत बनेका छन् ।। वामदेवहरुलाई फेरि विभाजनमा सहयोग ग¥यो भन्ने पर्ला भन्ने पीर छ ।
नेकपामा अहिले चलिरहेको रडाकोलाई २०३९ सालको काण्डसँग पनि जोडेर हेर्न थालिएको छ । त्यसबेला सीपी मैनाली र अरु नेताबीच अन्तरविरोध पैदा भयो । सीपी राजीनामा दिने मुडमा पुगेका थिए । त्यो कुरा माधव नेपालसँग उनले भने । तर सीपीले लेख्ने भाषा मदनले अस्वीकार गरेपछि उनलाई कारवाही गरियो । नेता माधव नेपाल चाहिँ ‘समय दिऊँ न’ भन्ने पक्षमा हुँदाहदै सीपीलाई बलजफ्ती हटाइयो ।
पार्टी नै त फुटेन, तर पछिसम्मलाई पार्टीलाई नोक्सान भयो । अहिले केपीलाई बलजफ्ती गर्दा पार्टी त फुट्दैन, तर उनी निकटकालाई चित्त दुखाई हुन्छ, पार्टी पनि पक्कै कमजोर हुने भन्दै केपीलाई कुन पदबाट राजीनामा दिने भन्ने कुरा रोज्न लगाउने वातावरण बनाउनुपर्छ भन्नेमा नेताहरुले जोड गर्न थालेका छन् ।
प्रश्न उठ्छ– के केपी राजीनामा दिन तयार होला ? तर, नभई उपाय छैन । राष्ट्रपति पनि उनको पछि लागेर आफ्नो पदिय गरिमा गुमाउन चाहदैंनन् । राष्ट्रपतिले सबैलाई मिलेर जान आग्रह गरेपनि नेताहरु आ–आफ्नै अडानमा कायम छन् । पार्टी विभाजनको विषय फुटको संघारमा पुग्ने हो भने आफ्नो भविष्य के हुने डरसँगै अहिले ओलीलाई मनाउन भएपनि नेताहरु ईश्वर पोख्रेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ लगायतले ‘हामी तपाइँका मान्छे हौँ, तर पार्टी विभाजनतर्फ जानुहुन्न’ भनेर लबिंग गरेका छन् ।
केपीले माओवादीसँग चुनावी गठबन्धन गर्दै पार्टी एकता गरेका थिए । ‘प्रचण्डलाई साथ दिएर माधवलाई साइजमा ल्याउन ओलीले खोज्नुभयो’–एक नेताले भने–‘माधवका मान्छेलाई सकेसम्म टिकट नै दिनुभएन, पूर्वएमालेतर्फ संसदीय दलमा आफ्नो बहुमत हुनुपर्छ भन्ने मनशायले काम गरिएको थियो ।’ प्रचण्डले आधा–आधा कार्यकालको कुरा ल्याएपछि प्रधानमन्त्री ओली प्रचण्ड विरुद्ध खनिएको कतिपयको भनाई छ । त्यसपछि प्रचण्डले बरु प्रधानमन्त्री छोड्ने, पार्टीको कार्यकारी अध्यक्षचाहिँ चलाउने निधो गरेको श्रोत बताँउछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ असार २०७७, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?
सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ
ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै, यस्तो छ कारण
एउटै निर्णयले आलोचित बनेकी प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीसँग काँग्रेस सभापति थापासहित पदाधिकारीको भेट