चल्न थाले सार्वजनिक यातायात

पत्रपत्रिकाबाट

बुधबार, ३१ असार २०७७, ०७ : ३७
चल्न थाले सार्वजनिक यातायात

काठमाडौँ । सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरेको छ । मङ्गलबारबाट सञ्चालन भएका विद्युतीय बसमध्ये तीनवटा चक्रपथमा र एउटा सूर्यविनायक–रत्नपार्क सञ्चालन गरिएको छ ।

बन्दाबन्दीका बेला सरकारले छोटो दूरीको सवारी सञ्चालन खुला गरी ५० प्रतिशत भाडा वृद्धि गरे पनि सुन्दर यातायातले भने पुरानै भाडामा यात्रुलाई सेवा दिएको छ । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भन्नुभयो, बन्दाबन्दीले सबैलाई समस्या पारेको बेला हामी भाडा बढाउँदैनौँ, पुरानै भाडामा यात्रुलाई सेवा दिन्छौँ । कोरानाबाट बच्ने सुरक्षाका उपाय अपनाएर बस सञ्चालन गरेका छौँ ।

मयुर यातायातले पनि सेवा सञ्चालन गरेको छ । सरकारले छोटो दूरीका सवारी खुला गरेपछि मयुरले सेवा सञ्चालन गरेको हो । साझा यातायातले साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने तयारी गरेको कार्यकारी निर्देशक भूषण तुलाधरले जानकारी दिनुभयो तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने विभिन्न माग राखेर बस सञ्चालन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस