काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले राम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिएको अभिव्यक्तिमाथि प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले हिन्दुहरूका भगवान् श्रीराम भारतमा नभई नेपालमा जन्मिएको बताएका थिए ।
त्यसबारे नेता रावलले मंगलबार ट्वीट गर्दै भारतले मिचेका सीमा, तराईका बस्ती डुबान र कालापानीबाट भारतीय फौज हटाउनुपर्ने विषय उठाउनुपर्नेमा प्रधानमन्त्रीले यस्ता अभिव्यक्ति दिएर विषयान्तर गर्न खोजेको बताएका छन् ।
‘सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ?’ भन्दै उनले ‘विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?’ भनेर प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असार २०७७, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै