काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल आजका लागि सकिएको छ । दुई अध्यक्षबीच बुधबार फेरि छलफल हुने बताइएको छ ।
मंगलबार ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको थियो । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच बुधबार फेरि छलफल हुने भएको छ ।
निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ ।
यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असार २०७७, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता