काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनका अनुरा हेलम्बु गाउँपालिका(१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका हुन् ।
हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ । परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ । थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर बोलाइएको प्रहरी प्रमुख महर्जनले जानकारी दिए ।
बेपत्ता २ जनाको प्रहरीले खोजी कार्य सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असार २०७७, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्ची खानेपानी वितरण बन्द
बागमती नदीमा छाडियो मेलम्चीको पानी