कृषि विकास बैैंकमा अनलाइनबाट खाता खोल्ने प्रणाली संचालन

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, १७ : ५६
कृषि विकास बैैंकमा अनलाइनबाट खाता खोल्ने प्रणाली संचालन

काठमाडौँ । नेपालका सरकारी बैंकहरु मध्ये विद्युतीय बैंकिङ्गका सेवा अधिक प्रयोग गरीरहेको कृषि विकास बैंकले हालै अनलाइनबाट खाता खोल्ने प्रणाली संचालनमा ल्याएको छ । 
निजी क्षेत्रको भन्दा वढी विश्वसनीय रहेका सरकारी बैंकहरु मध्ये कृषि विकास बैंकले आप्ना कारोवारहरुलाई डिजिटाइजेसन गरी रहेको छ । अषाढ ५ गतेबाट शुरु भएको अनलाइनबाट खाता खोल्ने प्रविधिमा देश विदेशबाट उत्साहजनक सहभागिता रहेको देखिन्छ । बैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली तथा युवा युवतीहरुको यसमा विशेष आकर्षण रहेको छ । 
यसै क्रममा नेपालकी प्रख्यात पौडिवाज गौरिका सिंहले अनलाईनबाट कृषि विकास बैंकको ठमेल शाखामा खाता खोलेकी छन् । यो प्रविधिको विकास गरे पश्चात् खाता खोल्ने प्रणाली तथा प्रक्रियामा समेत सरलिकरण भएको छ । बैंकको सधै भिडभाड रहने ग्राहक सेवा फाँटमा गई खाता खोल्नु पर्ने झञ्झट तथा कोरोनाको संक्रमणबाट समेत वच्न सकिने भएकोले यो प्रणाली दिन प्रतिदिन लोकप्रिय भइ रहेको छ । 
जलपरी गौरिकाले विदेशबाट खाता खोली कारोवार गर्ने मनसाय राखेकोले कृषि विकास बैंक लि. निज गौरिकालाई धन्यवाद समेत दिएको छ । कृषि विकास बैंक लिमिटेडमा अनलाइन खाता खोल्न तलको लिंकमा क्लिक गरी खोल्न सकिन्छ ।https://onlineaccount.adbl.gov.np

प्रतिक्रिया दिनुहोस