भ्रष्टचार गरेको आरोपमा अधिकृतविरुद्ध मुद्दा दायर

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, १४ : ०७
भ्रष्टचार गरेको आरोपमा अधिकृतविरुद्ध मुद्दा दायर

बारा । भ्रष्टचार गरेको आरोपमा तत्कालीन जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेललाई अख्तियारले मुद्दा दर्ता गरेको छ।

जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत हुदाँ पटेलले जिल्लाकै वरियापुर नर्सरीमा राष्ट्रपति चुरेको बाँसको विरुवा खरिदमा व्यापक अनियमितता गरेको अनुसन्धानमा खुलेको छ।

नर्सरी र बाँसको विरुवा खरिदमा भ्रष्टचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख विगो माग गर्दे आइतबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

 

प्रतिक्रिया दिनुहोस