रामचन्द्रको ‘गढ’मा किसानको दबदबा !

बुधबार, ०६ मंसिर २०७४, ०८ : २०
रामचन्द्रको ‘गढ’मा किसानको दबदबा !


तनहुँ । १२ स्थित देउरालीमा आधा दर्जन गाडी र केही मोटरसाईकल रोकिए । हरियो रंगको टोयोटाबाट शिरमा ढाकाटोपी लगाएका मोटो कदका एकजना ओर्लिए । बस्तिमा चुनावी गफ गर्दै गरेकाहरु तिर लम्किएका उनले हात जोडेर परिचय दिए, ‘सवैलाई नमस्कार, म किसान श्रेष्ठ तनहुँ–१ बाट प्रतिनीधीसभा सदस्काये लागी चुनाव लडेको छु ।’

किशानले त्यति के भनेका थिए, देउरालीका स्थानिय किशोर श्रेष्ठले सोधिहाले, ‘हामी तपाईलाई भोट हाल्ने की रामचन्द्र पौडेललाई, हाम्रो यहाँको एउटा समस्या समाधान गरिदीनुपर्छ !’

किशानले हाँसि–हाँसि प्रतिप्रश्न गरे, ‘समस्या दुईओटा समाधान गर्छु, तर अहिलेसम्म तपाईहरुले कसलाई भोट हाल्नुभो, मलाई एकपटक मौका दिनुस्, काम गर्न सकिँन भने कालोमोसो दल्नुस ! ०४८ सालदेखी राचन्द्र पौडेलाई भोट दिएर तपाई–हामीले के पायौं ?’

ब्यास नगरपालिकाको देउराली नेपाली कांग्रेसको गढ हो । त्यहाँका स्थानियले २०४८ सालदेखी रामचन्द्र पौडेललाई नै भोट हाल्दै आएका थिए । कांग्रेसको गढ भनेर अन्य दलका नेता कार्यकर्ता प्रचारमा समेत जान मन नगर्ने स्थानमा शनिवार बिहान किशान पुगेपछी एकाएक माहोल फेरियो । बामपन्थी गठबन्धनका एक कार्यकर्ताले स्थानिय कृष्ण कुमारी दवाडीलाई भोट हाल्ने तरिका सिकाए, तरिका बुझेपछी उनले भनिन्, ‘अहिले मात्र सिकाएर हुँदैन्, भोली चुनाव जितेपछी पनी आउनुस् ।’

ब्यास नगरपालिका–१२ को केदारसात, करुङ, बेलचौर भँगेरी टोल नेपाली कांग्रेसका नेता रामचन्द्र पोडेलको गढ भनेर चिनीन्छ । शनिवार कच्चि सड्कमा धुलो उडाउँदै पुगेका एमालेका जिल्ला नेता किशानले कांग्रेसको उक्त गढमा धावा बोलिसकेका छन् । ‘हुनेवाला प्रधानमन्त्री, बरिष्ठ नेता भन्दै रामचन्द्र पौडेलले पटक–पटक झुक्याएको कुरा तनहुँ–१ का जनताले बुझिसेकेका छन्’ रातोपाटीसँग कुरा गर्दै किसान श्रेष्ठले भने, ‘यसपटक जनताले मलाई बिजयी गराउनेमा ढुक्क छु !
 कांग्रेसको गढका मतदाता भन्छन्, ‘यसपाला पौडेलतिर त्यत्ति मन ढल्केको छैन !

ब्यास नगरपालिका–१२ करुङका अमृत पन्थ उमेर बढीमा ३५ पुगेका छन् । सचेत मतदाताको क्याटागोरमा रहेका पन्थले असअघी नेपाली कांग्रेसलाई भोट हाल्दै आएका थिए । ‘काम गर्नेले मौका पाउनुपर्छ’ पन्थले भने, ‘काम गर्नेले चान्स पाउँदा केही हुन्छ की भन्ने सोचेका छौं ।’
‘अब उम्मेद्वार चेन्ज गर्दै जान्छौं’ उनले भने, ‘जसले काम गर्छ उसैलाई दोहोर्याउँछौं ।’
करुङकै सानी पन्थले भञ्ज्याङमा सानो होटल राखेकी छिन् । ‘कच्ची बाटो, दिनदिनैको धुलोले हैरान भैसकेका छौं’ उनले भनिन्, ‘जो आएपनी उस्तै हो, यसपटक काम गर्नेलाई सवैको सल्लाहमा भोट दिन्छौं ।’

करुङमा कांग्रेस नेता शंकर भण्डारीले लिफ्ट सिस्टमबाट खानेपानी आयोजना निर्माण गरिदीएका छन् । तिनै शंकर भण्डारीले बाटो मर्मतका लागी निकासा गराईदिएको १२ लाख रुपैयाँ कांग्रेसका स्थानिय अगुवाले भ्रष्टाचार गरेपछी त्यहाँका स्थानिय आक्रोशित भएका हुन् ।

‘स्थानिय चुनावमा कांग्रेसलाई दिएका थियौं’ बेलचौरकी स्थानिय टिका कुमारी गैरेले भनिन्, ‘बाटो कच्चि छ, सामुदायीक भवनको पिल्लर मात्र उठाईएको छ अब यि सवै काम पुरा गर्नेलाई भोट दिन्छौं ।’
‘कांग्रेसका मान्छेले यहाँ बाटो खन्न दिएको १२ लाख खाईदिए’ उनले भनिन्, ‘रामचन्द्रलाई त यसपटक बहिष्कार नै गरेको छु, एकपटक किसान भाईलाई हेर्छौं !’

 

प्रतिक्रिया दिनुहोस