काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमतिको संख्या बढिरहेको बेला ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ । योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको देखिएको हो ।
कोरोना संक्रमति भएको पुष्टि भएसँगै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ७, ८ र ९ गरी तीन वटा वडा सिल गरिएको छ । बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत एक ल्याब नेक्निसियनले आफ्नै परिवारका नौ जना सदस्य र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का वडाअध्यक्षका दुई छोरामा कोरोना संक्रमण फैलाएको पाइएको हो ।
वडाअध्यक्षका दुवै छोरा डाक्टर हुन् । योसँगै वडा नं। ८ का वडाअध्यक्षका सबै परिवार होम क्वारेन्टाइनमा रहेका छन् । शनिबार नगरपालिकाले फ्रन्टलाईनमा रहेर काम गर्ने करिब २१३ जनाको पिसीआर परीक्षणका लागि स्वाब पनि संकलन गरेको जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २८ असार २०७७, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै