अमिताभ र अभिषेक बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

एजेन्सी

आइतबार, २८ असार २०७७, ०७ : २६
अमिताभ र अभिषेक बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

मुम्बई । भारतमा कोरोनाको महामारी फैलिएको बेला बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवम् अभिनेता अभिषेक बच्चन कोरोना सँक्रमित भएका छन् ।

Yeti Diistillery Tansen Cement box

शनिबार राती अमिताभको कोरोना रिपोर्ट पोजेटिभ आयो । त्यसपछि अभिषेकको कोरोना परिक्षण गर्दाको उनको पनि शनिबार राती नै कोरोना भाईरस पोजिटिभ देखिएको छ ।
उनले आफै सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘म कोरोना पोजेटिभ पाइएको छु । म अस्पताल भर्ना भइसकेको छु । मेरो परिवार र स्टाफका सदस्यहरुको परीक्षण भएको छ । उनीहरुको रिपोर्ट आएको छैन । पछिल्ला १० दिनमा मेरो सम्पर्कमा आएका सबैलाई अनुरोध गर्दछु कि वहाँहरुले पनि आफ्नो कोरोनाको परीक्षण गराउनुहोला ।’

Upakar