मृर्गौला अवैध कारोबारको आरोपमा कलेज अफ मेडिकल साइन्सेस भरतपुरका तीन डाक्टर पक्राउ

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, २० : ३०

चितवन । मृर्गौला अवैध कारोबारको आरोपमा परानो मेडिकल कलेज भरतपुरका तीन डाक्टर पक्राउ परेका मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतले जनाएको छ । पक्राउ पर्नेमा डा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती  लगायतका छन । प्रहरीले  जिल्ला प्रशासन कार्यालयका रामचन्द्र ढकाललाई पनि पक्राउ गरेको छ । ढकालले उनिहरुलाई कागजी रुपमा सघाएको आरोप छ । जिल्ला प्रशासन कार्यालय स्रोतले पनि प्रशासकिय अधिकृत  ढकाललाई सोध पुछका लागी ब्युरोको टोलीले लगेको बताएको छ ।  

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ। ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन । नेपाली नागरिकलाई भारतिय बनाएर मृगौला प्रत्यारोपण गरेको आरोप व्यूरो प्रहरी कार्यालयले लगाएको छ । 

तेस्तै कलेज अफ मेडिकल साइन्सेसका निर्देशक डा मनोहर प्रधानले सफलखबरलाई भने , "गत बर्षको  जुलाइ महिनामा काठमान्डौका ५५ बर्षीय श्रेष्ठ थरका मामालाइ २५ बर्षिय भान्जाले नाता प्रमाणित ,सम्बन्धित स्थानिय तहको सिफारिस सहितका कागजातका आधारमा मानब अंग प्रत्यारोपण स्थानिय समितिको निर्णय समेतको आधारमा मृगौला प्रत्यारोपण गरिएको हो । "

उनले भने, हामीले आफूखुसी कोही कसैको मानब अंग प्रत्यारोपण गर्न पाइदैन त्यसका बिभिन्न कानुनी प्रकृयाहरू हुन्छन् ।अस्पतालले  प्रकृया र आवस्यक प्रमाणका आधारमा अगाढी बढ्ने तथ्य रहदारहदै कलेज र कार्यरत चिकित्सकहरूको बदनाम गर्ने ढंगले पक्राउ गर्नु आपत्तिजनक रहेको छ । 

कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन् । उहाँहरुबाहेक समितिका सदस्य सर्जन डा राकेश बर्मा भने आज फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । प्रधानका अनुसार एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गाैला प्रत्यारोपणको विषयलाई लिएर उहाँहरुलाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लिइएको हो । "