ओलीको राष्ट्रियताको मुद्दा कागजी बाघ मात्रै : वरिष्ठ नेता पौडेल

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, १९ : १५
ओलीको राष्ट्रियताको मुद्दा कागजी बाघ मात्रै : वरिष्ठ नेता पौडेल

फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन् ।

गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंगको अर्चुअल बैठकमा नेता पौडेलले ओली राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताए । उनले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमी फिर्ता गर्न नसक्ने बताए । उनले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसंगको वार्ताको वातावरण विगारेको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताए । उनले कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताए । पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको बताए । कम्युनिष्टहरुले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाई थियो ।

पौडेलले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गरे । उनले फागुनमा महाधिवेशन गर्नका लागि प्रयाप्त समय भएको बताउदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छ किन भन्नेमा खबरदारी गर्न आग्रह गरे । उनले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सवै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पारे ।

पौडेलले पहिलो संविधानसभाको पालामा तत्कालिन सभामुख र प्रधानमन्त्रीले व्यवस्थाको बदनाम गराउनका लागि प्रधानमन्त्रीको चुनाव १७ १७ पटक गराएको बताउदै उनीहरुले नै आफेनो पनि बदनाम गराएको बताए । पौडेलले कम्युनिष्ट सिद्धान्त भएका सभामुख र प्रधानमन्त्रीले संसदीय व्यवस्थाको बदनाम गराउनका लागि आफ्नो र व्यवस्थाको बदनाम गराउने प्रधानमन्त्री चुनाव १७ पटक गराएको बताए ।

प्रतिक्रिया दिनुहोस