आज दिनभरको मौसम कस्तो रहला ? भारी वर्षाको अनुमान

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, ०९ : ०६
आज दिनभरको मौसम कस्तो रहला ? भारी वर्षाको अनुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम  पनि सामान्यदेखि पूर्ण बदली भइ अधिकांश स्थानमा भारी वर्षा हुने  जनाएको छ । अहिले मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ, सोही कारण विशेष गरी तपाईका क्षेत्रमा ठूलो वर्षाको समभावना रहेको छ ।

अहिले देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश का थोरै स्थान साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक, यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस