गायक सन्तोष जङ्ग खत्रीको तिज गीत ‘देखासिकी’ सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०७७, १६ : ५३
गायक सन्तोष जङ्ग खत्रीको तिज गीत ‘देखासिकी’ सार्वजनिक

चितवन । गायक सन्तोष जङ्ग खत्रीको नया तिज गीत  ‘देखासिकी’ सार्वजनिक भएको छ । उनले विभिन्न विकृतीदेखि संस्कृति झल्काउने कुराहरु गीतमा प्रस्तुत गरेका छन् ।

गीतमा स्वर सन्तोष जङ्ग खत्री र बिमला तिवारीको रहेको छ । लय विजय तिवारीको रहेको छ भने गीतको शब्द छनोट गायक सन्तोष र बिजय तिवारीले गरेका छ्न् ।

‘गीतमा जे जे कुराहरु समावेश भएका छन् । ती गलत विचारले नलिइकन गीतको भाव बुझेमा आफ्नो संस्कृतिलाई जोगाउन सहयोग पुग्छ’ सन्तोषले भने ।

हिजोआज सामाजिक संजालमा चेलीबेटीको महान चाड तिजमा विभिन्न रक गीतहरुले समस्या तुल्याएको छ तर यो गीतबाट भने रक भर्जन मात्र नभइ आफ्नो संस्कृतिलाई पनि जोगाउनुपर्छ है भन्ने सन्देश पाउन सकिने सन्तोष बताउँछन् । उनले यो गीतबाट धेरै दर्शकहरुको माया र साथको अपेक्षा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस