– नारायण शर्मा
नवलपरासी । खहरे खोलाले बगाएर २ युवकको ज्यान गएको छ । शुक्रवार दिउसो बर्दघाट नगरपालिका वडा नम्बर १५ का २० वर्षका सुधिर बिक र १८ वर्षका प्रबिण बिकको खोलामा माछा मार्न जाँदा बगाएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकैको बनकटिस्थित खहरे खोलामा माछा मार्न जाँदा बगेका प्रबिण बिकलाई बचाउन जादा सुधिर बिकको समेत ज्यान गएको हो ।
उनीहरुसँगै गएका छिमेकी सोहन कुमान सुनारले आफ्ना दुबै साथि बगेपछि गाउमा खबर गरेका थिए । आज दिउँसो १२ बजे दुबै जनाको शब निकालिएको प्रहरीले जनायो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०७७, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु