विश्व

चिनियाँ राष्ट्रपति सी जिङपिङको संघर्षको कथा : किसानदेखि राष्ट्रपतिसम्म

बुधबार, १६ फागुन २०७४, १५ : ०६
चिनियाँ राष्ट्रपति सी जिङपिङको संघर्षको कथा : किसानदेखि राष्ट्रपतिसम्म

एक्कासौँ । शताब्दीमा यस्ता कमै नेता छन्, जो गुफामा बसे, जसले खेतमा मेहनत गरे र सत्ताको शिखरमा पनि पुगे । पाँच दशक पहिले जब चीनमा सांस्कृतिक क्रान्तिको आँधी आयो । त्यो समय १५ बर्षीय किशोर सी जिनपिङले गाउँमा दुःखले भरिएको जिन्दगी सुरु गरेका थिए ।

चीनको भित्री इलाका, जहाँ चारैतिर पहेंलो खाल्डो थियो ।

ठूला पहाड थिए ।

त्यहीबाट सीले जिन्दगीको लडाई सुरु गरेका थिए ।

जुन क्षेत्रमा सीले खेती–किसानी सुरु गरे, जहा गृह युद्धका बेला चिनियाँ कम्युनिष्ट पार्टीको गढ थियो ।

 युनानका बासिन्दाले आफ्नो इलाकालाई चीनको रातो क्रान्तिको पवित्र भूमि भन्थे ।

हालै मात्र चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपतिको कार्यकालमा लगाएको सीमालाई हटाउने प्रस्ताव राखेको छ ।

यो एक यस्तो कदम हो, जसले वर्तमान नेता सी जिनपिङलाई सत्तामा राखिरहने छ ।
चीनको राजनीतिमा यसलाई एक निर्णायक कदमका रुपमा हेरिएको छ ।

सी जिनपिङ आज एक यस्तो देशको अगुवाई गरिरहेका छन्, जो द्रुत गतिमा विश्वको सबैभन्दा शक्तिशाली देशको रुपमा उठिरहेको छ ।

तर, चीन एक यस्तो देश हो, जो आफ्नो नेताका बारेमा के भनिन्छ भन्ने कुराको कडा निगरानी गरिन्छ ।

सी जिनपिङको आफ्नो कथालाई केही काटछाँट गरेर प्रस्तुत गरिन्छ ।

रोचक कुरा के छ भने अहिले पनि राष्ट्रपति सीको गाउँलाई भने जस्ताको तस्तै राखिएको छ ।

जबकि चीनका सबै भित्री क्षेत्र द्रुत गतिमा शहरीकरण भइरहेको छ ।

कम्युनिस्ट पार्टीका सदस्यका लागि त्यो गाउँ एक तिर्थस्थल हो ।

 सन् १९६८ मा अध्यक्ष माओत्सेतुङले सूचना जारी गरेपछि लाखौँ युवा शहर छोडेर गाउँमा जाने बताएका थिए ।

गाउँमा उनीहरुले जिन्दगीको अप्ठ्याराको सामना गरेर अघि बढ्ने र किसान तथा मजदुरसँग पाठ सिक्ने बताए ।

त्यही अनुभवले सी जिनपिङलाई पनि थुप्रै कुरा सिकाएको थियो ।

सी जिनपिङका अनुसार, आज उनी जे छन्, त्यही समयको कुरा हो ।  उनको भूमिका त्यही गुफा जस्तो गढियो । प्राय सी भन्ने गर्छन्, ‘म पहेँलो माटोको छोरा हुँ । मैले आफ्नो मुटु लियांगजिआहेमा छोडेको थिए । त्यही ठाउँले मलाई बनायो ।’

सी जिनपिङभन्छन्, ‘म लियांगजिआहे पुग्दा १५ बर्षको थिएँ । म ब्याकुल थिएँ । मलाई के गर्ने भन्ने नै थाहा थिएनँ । तर, २२ बर्षको हुँदा–नहुँदै मेरो सबै शंकाहरु टाढा भइसकेका थिए । म आत्मविश्वासले भरिएको थिएँ । मेरो जिन्दगीको उद्देश्य छर्लङ्ग भइसकेको थियो ।  त्यो त्यही समय थियो, जोकोही अध्यक्ष माओको चर्चित रातो किताब पढ्ने गर्थे ।’


आज अध्यक्ष सी जिनपिङका विचार ठूला–ठूला राता होर्डिङ बोर्डमा लेखिएको देखिन्छन् ।  

सी जिनपिङको सम्मानमा एक संग्रहालय पनि बनाइएको छ ।
यस संग्रहालयमा उनले आफ्नो किसान साथी र मजदुरका लागि के–के राम्रो काम गरे भन्ने कुराको दाबी पाउन सकिन्छ ।

तर, ती भनाईलाई छाँटकाँट गरी प्रस्तुत गरिएको छ, सी जिनपिङको वास्तविक कथा पत्ता लगाउन गाह्रो हुन्छ ।

राष्ट्रपतिको रुपमा आफ्नो पहिलो पाँच बर्षको कार्यकालमा सी जिनपिङले एक महान् मानवको भूमिका निभाएको बताइएको छ ।

सी जिनपिङ आफूलाई एक जननेताको रुपमा प्रस्तुत गर्छन् ।
उनी प्राय गाउँबस्तीको भ्रमण गर्छन् ।

गरीबको घर जाने गर्छन् ।

उनी जनताको भाषामा कुरा गर्छन् ।

प्राय विद्यार्थीलाई भन्ने गर्छन्,  ‘जिन्दगी एक टाँक भएको कमिज हो, जसको अगाडिको बटन सही तरिकाले लगाउँनुपर्छ, नभए सबै टाँक गलत ठाउँमा बन्द हुन्छन् ।’

उनी धेरै पटक खाना खानका लागि लाइनमा उभिएका छन् ।

सी जिनपिङ आफ्नो खानाको बिल आँफै तिर्छन् ।

 तर, एक कथा जस्तै सी जिनपिङको कथाको केन्द्र छ, उनले गुफामा बिताएको प्रारम्भिक जीवन ।

जहाँ उनलाई राजनीतिबाट अलग गराइएको थियो ।

सी जिनपिङ भन्छन्, ‘जोसँग सत्ताको ज्ञान कम हुन्छ, उसले यसलाई नयाँ र महत्वपूर्ण मान्छ । तर, म यी पर्दाभन्दा टाँढा, धेरै गहिराईबाट राजनीतिलाई देख्छु । म फूलको हार र तालीको गड्गडाहटभन्दा पर हटेर देख्छुँ । म थुना घर जस्तो देख्छुँ । म मानवीय सम्बन्धको कमजोरी देख्छु । म राजनीतिलाई गहिराईबाट बुझ्छु् ।’

बाल्यकालदेखि युवाअवस्थाबीच सी जिनपिङले दुवै किसिमको जिन्दगीको अनुवभ गरिरहेका छन् ।

उनका पिता पनि कम्युनिस्ट क्रान्तिको नायक थिए । यस्तो अवस्थामा सीले एक राजकुमारको जस्तो जिन्दगीको अनुभव पनि गरेका छन् ।

 सन् २००९ को एक जासुसीका अनुसार सीको एक नजिकको साथीले भनेका थिए, ‘उनको सुरुवाती १० बर्षले उनको भूमिकाको आधार राखेको थियो ।’ त्यसपछि कम्युनिस्ट क्रान्तिका बेला जब उनी किसानबीच रहे, त्यो अनुभवले पनि उनको अगाडिको जिन्दगीमा गहिरो छाप छोड्यो ।’

तर, ६० को दशकमा अध्यक्ष माओले आफ्नै पार्टीको नेताहरुमा जुन अन्याय गरे, जुन दुःख सी जिनपिङले पनि उठाउनु पर्यो ।

पहिले त सीका पितालाई पार्टीबाट निकालियो र जेल पठाइयो ।

सीको परिवारले बेइज्जती सहनु पर्यो ।

उनकी एक बहिनीको मृत्यु भयो ।

उनले आत्माहत्या गरेकी थिइन् ।

१३ बर्षको उमेरमा नै सीको पढाई बन्द भएको थियो ।

किनकी, बेइजिङका सबै स्कूल बन्द गरिएका थिए । छात्राले आफ्नो अध्यापकहरुको निन्दा गर्न सकुन्, उनीहरुलाई पिट्न सकुन वा मृत्युको सजाय दिन सकुन भनेर स्कूल बन्द गरिएको थियो ।

परिवार र साथीभाई बिना, सी जिनपिङ केही दिनसम्म माओको जघन्य ‘रेड गार्डन’बाट लुक्दै–बच्दै हिडे ।

एक पटक सीले एक पत्रकारसँग भनेका थिए, ‘म १४ बर्षको थिएँ । रेड गार्ड्स’ले मलाई सोध्यो, ‘तिमी आफ्नो अपराधलाई कति गम्भिर रुपमा लिन्छौ ?’ ‘मैले भने, ‘तिमी आँफै अनुमान लगाऊ कि के यो मलाई मार्न काफी छ ? रेड गार्डस्ले भने, ‘हामी तिमीलाई सयोँ पटक मार्न सक्छौ ।’ मेरो हिसाबले एक पटक मर्नु वा बारम्बार मर्नुमा केही फरक छैन ।’

सीको पिढीका धेरै चिनियाँ नागरिक मान्छन्, ‘त्यस समयमा जब स्कूल बन्द गरिएको थियो, जब उनी ज्यान बचाएर लुक्दै हिड्थे । त्यस बेलाको अप्ठ्यारा र दुःखले उनको मस्तिष्कमा गहिरो छापा छोडेको थियो । उनलाई बलियो बनाएको थियो ।’

६० को दशकमा चीनको गाउँले जिन्दगी एकदमै कठिन थियो ।

बिजुली थिएन, गाउँसम्म जाने बाटो पनि राम्रो थिएन ।

खेतीका लागि मेसिन पनि थिएन ।

त्यही समयमा सीले मल बनाउँने, बाँध बाध्ने र सडक मर्मतको काम सिकेका थिए ।

 उनी जुन गुफा बस्थे, त्यहाँ किरा–फट्यांग्राको बासस्थान हुने गथ्र्यो ।

त्यसमा उनी इटाको ओछ्यानमा अन्य तीन व्यक्तिसँग सुत्ने गर्थे ।

त्यस समय खानका लागि उनीहरुलाई खोले, केरा र केही तरकारी मात्रै पाउँथे ।

उनका एक किसान साथी लु होउसेंगले भनेका थिए, ‘भोक लागेमा कसैले देख्दैन थिए, खानामा के छ । उनी कहिलेकाही माओको भाषण र अखबार पढ्ने गर्थे । किनकि पढ्नका लागि त्यसबाहेक केही थिएन । ’

सी जिनपिङका साथी लुले भने, सी एकदमै गंभिर रहन्थे ।

ठट्टा उनलाई मन पर्दैन थियो ।

उनी साथीहरुसँग खेल्ने गर्दैनथिए ।

न त उनमा प्रेमिका बनाउने इच्छा नै थियो ।

१८ बर्षको उमेरमा उनी आफ्नो राजनीतिक यात्रा सुरु गर्नका लागि तयार थिए ।

त्यसैले उनी कम्युनिस्ट युथ लीगमा सहभागी भए ।

पटक–पटक अस्विकार भएपछि २१ बर्षको उमेरमा उनी कम्युनिस्ट पार्टीको सदस्य बने ।

उनको दृष्टि सँधै लक्ष्यप्रति मात्रै हुन्थ्यो ।

जब उनका साथी खेल्न मस्त हुन्थे, तब उनी काममा लागिरहेका हुन्थे ।

उनी एकदमै महत्वकांक्षी थिए ।

कम्युनिस्ट क्रान्तिपछि उनी कट्टर कम्युनिस्ट बने ।

जब सी २५ बर्षका थिए, पार्टीमा उनका पिताको पुनरागमन भइसकेको थियो ।

उनलाई गुआंडोङ प्रान्तमा काम गर्नका लागि पठाइएको थियो ।

चीनको यो ठूलो प्रान्त हंगकङ्गको नजिकै थियो ।

पछि यो चीनको आर्थिक उनन्नतीको पावरहाउस बन्यो ।  

पिताको मद्दतबाट सीले आफ्नो करिअर  अघि बढाए ।

७० को दशकमा उनी चीनको सेनामा सहभागी भइसकेका थिए ।

उनले कम्युस्टि पार्टीको शीर्ष नेतामा पुग्ने मनसाय बनाइसकेका थिए ।

 प्रत्येक कदम यही उद्देश्यका लागि उठाइरहेका थिए ।

सेनामा उनी पहिलो दिनदेखि नै उपलब्धिको लक्ष्य लिएर हिडिरहेका थिए ।

सी आफू आफैँमा व्यस्त रहने व्यक्ति हुन् ।

उनी एकदमै अन्तरमुखी स्वभावका थिए ।

त्यसै कारण एक कूटनीतिककी छोरीसँग उनको पहिलो विवाह सफल रहेन ।

यद्यपी, यस विवाहले उनलाई राजनीतिमा अघि बढ्न अवश्य मद्दत मिलेको थियो ।

जब उनी सत्ताको शिखरमा पुगे सबै थाहा भयो ।  

तर, यसअघि नै सीले आफ्नो सफलताको सिँढी एकदमै चुपचापसँग विस्तारै चढेका थिए ।

एक समय सी जिनपिङले निक्कै चर्चा बुटुले, जब उनले आफ्नी वर्तमान पत्नी पेंग लियुआनसँग विवाह गरे ।

पेंग एक चर्चित गायिका थिइन् ।

सी जिनपिङलाई मानिसले चाँडै बिर्सने गर्थे ।

उनी आफ्नो व्यक्तित्वमा दाग लाग्नबाट बच्न सँधै एकदम होसियार र सतर्क रहने मान्छे ।

सी जिनपिङले देखेका थिए, ‘उनका पितालाई माओले कसरी सताएका थिए ।’

त्यसैले उनी एकदमै चुपचाप रहने गर्थे ।

४० देखि ५० बर्षको उमेरमा एक शीर्ष नेता बनेपछि पनि उनी खाली काममा मात्रै ध्यान दिन्थे ।

एक नजिकको व्यक्तिले सीलाई ‘रेशमको खोलभित्रको सुई’ भनेका थिए ।

सन् २०१५ को जुनतिर सीले एक त्यस्ता व्यक्तिलाई अदालतको कठघरामा उभ्याए ।

जसको प्रहरीमाथि नियन्त्रण थियो  ।

जो अर्धसैनिक बल, जेल र जासुसी अपरेसनका अगुवा थिए ।

तर, डेढ बर्षमै उनको भाग्य उल्टियो र उनी स्वयंम अदालतमा अपराधीको रुपमा उभिए ।

उनको नाम थियो, चाऊ योंगकांग ।

उनीमाथि दुई फौजी नेतासँग मिलेर पार्टी एकतालाई नोक्सान पुर्याउने षड्यन्त्र रचेको आरोप थियो ।

सरकारको खर्च रोक्नका लागि सी जिनपिङले ठूल्ठूला भोज आयोजना गर्नमा रोक लगाए ।

उनी कारबाट हिड्नभन्दा धेरै पटक भ्यानमा हिडे ।

जब सी जिनपिङ सत्तामा आए  ।

उनले जनतासँग एक सफा सरकारको दाबी गरेका थिए ।

भ्रष्टाचारविरुद्ध सख्त कारबाहीको विश्वास दिलाएका थिए ।

उनी प्रत्येक साना–ठूला भ्रष्ट नेतालाई पाठ सिकाउन चाहान्थे ।

तर, पार्टीका करिब ९ करोड कार्यकर्तामध्ये धेरैको उद्देश्य पैसा कमाउनु नै थियो ।

ठूला माछालाई कारबाही गर्नाले काम चल्न नसक्ने थियो ।

सी जिनपिङले थुप्रै सुचना जारी गरे ।

पार्टीको हरेक नेताको कार्यालयको आकारदेखि लिएर नेताका खानामा प्रयोग हुने भाडाको संख्यालाई लिएर समेत पनि सीले नियम बनाए ।

उनी प्राय गाउँका मानिससँग भेट्न गइरहन्थे ।

उनी आफूँलाई कम्युनिस्ट पार्टीको धनाढ्य र भ्रष्ट नेताहरुबाट अलग राखेर प्रस्तुत गर्थे ।

तर, सी आफूलाई पार्टीको धनाढ्य नेताहरुको जमातबाट अलग राख्न सक्दैनथिए ।

सी जिनपिङराष्ट्रपति बन्नुअघि नै उनका थुप्रै नातेदार करोडपछि बनिसकेका थिए ।

यद्यपी, यसमा सीको केही योगदान रहेको कुनै प्रमाण भेटिएन ।

सीलाई थाहा छ-चिनियाँ समाज कति भ्रष्ट भइसकेको छ ।

पछिल्लो पाँच बर्षमा थुप्रै ठूला नेता तथा व्यापारी अचानक बेपत्ता भए ।

भनिन्छ, यीमध्ये धेरै चीनमा नजरबन्द छन् ।

भ्रष्टाचारको आरोपमा सी जिनपिङले  थुप्रै नेतालाई पार्टीबाट निकाले ।

चीनमा ७५ करोड मानिसले मात्रै इन्टरनेट प्रयोग गर्छन् ।

सी जिनपिङ चीनलाई साइबर सुपरपावर बनाउँन चाहान्छन् ।

उनी एकातिर पार्टीमाथि नियन्त्रणको लडाई लडिरहेका छन् ।

अर्को तर्फ इन्टरनेटमा पनि नियन्त्रण चाहन्छन् ।

कानुन र प्रविधिको मद्दतबाट उनले इन्टरनेटमा थुप्रै प्रतिबन्ध लगाएका छन् ।

साइबर सुरक्षालाई सी देशको सुरक्षाको मुद्दा मान्छन् ।

सी चाहन्छन्, चीन एक धनी राष्ट्र बनोस्, देश एकजुट र बलियो होस् ।

देशमा खाली एक पार्टीको राज होस्, मानिस अनुशासनमा रहुन् ।

उनी मानिसलाई पूर्ण रुपले इमानदार बनाउँन चाहान्छन् ।

विश्वविद्यालयमा पार्टीको पहुँच बढाइदै छ  ।

पुस्तकबाट पश्चिमा सभ्यताको निशाना मेटाइँदैछ ।

इन्टरनेटमा सख्त निगरानीका लागि सीको सरकारले ठूलो मात्रामा लगानी गरिरहेको छ ।

नयाँ–नयाँ प्रविधिबाट आन्तरिक सुरक्षाको पर्खाल बलियो बनाइँदै छ ।

सीको शक्तिको अनुभव चिनियाँ नागरिकलाई मात्रै होइन, सन् २०१४ मा अस्ट्रेलियाका प्रधानमन्त्री टोनी एबटले जर्मन चान्सलर एङगेला मार्केललाई पनि आफ्नो चिनियाँ नीतिका बारेमा बताएका थिए ।

एबटले भनेका थिए, ‘अस्ट्रेलियाको चीनसँगको सम्बन्ध डर र लालचको हो ।’

पछिल्लो पाँच बर्षमा थुप्रै ठूला नेता तथा व्यापारी अचानक बेपत्ता भए ।

भनिन्छ, यीमध्ये धेरै चीनमा नजरबन्द छन् ।

भ्रष्टाचारको आरोपमा सीले थ्प्रै नेतालाई पार्टीबाट निकाले ।

२०१५ मा जब सी अमेरिकाको भ्रमणमा गए, एप्पल, माइक्रोसफ्ट, सिस्को, अमेजोनजस्ता कम्पनीका मालिक लाइन लागेर उनलाई भेट्न पर्खिरहेको देखिए ।

फेसबुक र गूगलमाथि चीनमा प्रतिबन्ध छ, तर, यसका संस्थापकले सीसँग भेटे ।

सी जिनपिङ माओको परम्परालाई नै अघि बढाउन चाहन्छन् ।

उनी आफूलाई माओका टाउँको सम्झन्छन् ।

उनलाई थाहा छ- जनताको राजनीतिमा रुचि राख्नु कति खतरनाक हुनसक्छ ।

त्यसैले उनी आफ्ना नागरिकलाई अभिव्यक्तिको ठूलो स्वतन्त्रता दिने हकमा छैनन् ।

सीले आफ्ना नागरिकलाई पाठ सिकाउँछन्- चिनियाँ जीवन शैलीलाई अपनाउनुहोस्, पश्चिमी सोचबाट प्रभावित नहुनुहोस् । किनकि हामी अरुको नक्कल गर्छौ भने आफ्नो पहिचान बिर्सिन्छौ ।

सी जिनपिङको शासनमा मुसलमान, ईसाई, मजदुर कार्यकर्ता, ब्लगर, पत्रकार, महिलावादी र वकिल सबैलाई जेल पठाइन्छ ।

उनी आन्दोलन गर्ने व्यक्तिलाई मन पराउँदैनन् ।

उनी खुलेर सरकार र पार्टीविरुद्ध बोल्नेलाई सहन सक्दैनन् ।

सी जिनपिङ चाहन्छन्-चीन एक धनी राष्ट्र बनोस्, देश एकजुट र बलियो होस् । देशमा खाली एक पार्टीको राज होस्, मानिस अनुशासनमा रहुन् ।

उनी मानिसलाई पूर्ण रुपले इमानदार बनाउँन चाहन्छन् ।

विश्वविद्यालयमा पार्टीको पहुँच बढाइदै छ  र पुस्तकबाट पश्चिमा सभ्यताको निशाना मेटाइँदैछ ।

सन् २०१२ मा सत्तामा आउँदै सीले चीनलाई सबैभन्दा ठूलो खेलाडी बनाउँने सोचेका थिए ।

चीनको कम्युनिस्टको स्थापनाको एक सयौँ अर्थात् २०२१ सम्म चीनले आर्थिक उपलब्धीको सम्बन्धमा औसत देश हुनेछ ।

त्यस्तै, चीनको कम्युनिस्ट पार्टी सत्तामा आएको एक सयऔँ वर्षगाँठ अथात् २०४९ सम्ममा चीन पूर्ण रुपले विकसित, धनी र शाक्तिशाली देश बन्नेछ ।

चाँडै चीनको अर्थव्यवस्था अमेरिकाभन्दा ४० प्रतिशत बढी हुनेछ ।

जब पश्चिमा देशले आफ्नो ढोका चीनका लागि खोले, सीका धेरै नागरिकले आफ्नो देश छोड्ने निर्णय लिएका थिए ।

तर,यस कुराको अनुमान लगाउँन सक्ने, आफ्नो देश छोडेर गएर केही बिशेष गर्ने छैनन् ।

सी विदेशीसँग ठूलो आत्माविश्वसका साथ भेट्छन् र भन्छन्, ‘चीन क्रान्तिलाई निर्यात गर्दैन । भोकमरी र गरिबीको निर्यात गर्दैन । चीन तपाईलाई टाउँको दुखाउँदैन । तपाईलाई अरु के चाहियो ।’

हालै एक टेलिभिजनमा उनको विदेश नीतिलाई प्रतिभाशाली बताएर प्रस्तुत गरेको थियो ।

एक अर्को टेलिभिजन श्रृंखलामा उनको भ्रष्टाचारविरुद्धको अभियानलाई चर्चा गरेका थियो ।

तर, सीको अघि ठूला–ठूला चुनौतीहरु छन् ।

चम्किलो पर्दापछि ठूलो आर्थिक समस्या छन् ।

चीनको विकासको गति ढिलो बन्दै गइरहेको छ ।

सरकारलाई ऋण बढीरहेको छ ।

थुप्रै अर्थशास्त्रीले चेतावनी दिइरहेका छन्- चीनका लागि सुधारको समय द्रुत गतिमा सकिँदैछ ।

राम्रो कुरा के छ भने-सी जिनपिङले यसअघि पनि ।को कम्युनिष्ट पार्टीको धेरै चुनौतीहरुको सामना गरेका छन् ।

तीमाथि उनले जीत हासिल गरेका छन् ।

विरोधीहरुको आवाज दबाए ।

अध्यक्ष माओपछि यस्तो पहिलो पटक देखिँदैछ, ।को भविष्य कुनै एक व्यक्तिमा यसरी निर्भर छ ।(बीबीसी)

प्रतिक्रिया दिनुहोस