काठमाडौं । पश्चिमी क्षेत्रमा बाढीले सिंचाइ कुलो बगाउँदा एक हजार चार सय रोपनी खेत बाँझो हुने देखिएको छ । केही दिनदेखि परेको अविरल वर्षाले वनगाड कुपिण्डे नगरपालिका –२ लाहाघाटको कुलो बगाएपछि रोपाइँ गर्न गरी तयारी गरिएका खेतसमेत बाँझै हुने निश्चित भएको छ ।
विसं २०४४ मा निर्मित कुलामा टाटेपहरको पहिरो आउँदा पक्की सिंचाइ कुलो तहसनहस भएको स्थानीयवासी ओठे रानाले जानकारी दिनुभयो । “कुलोमै बाढी पसेपछि ठाउँठाउँमा पहिरो जानाका साथै सिंचाइ कुलो तहसनहस भएको छ, तत्काल मर्मत गरेर सञ्चालन गर्न सक्ने अवस्था नभएपछि ११० घर परिवारको खेत बाँझै हुने देखिएको छ”, रानाले भन्नुभयो ।
यस क्षेत्रमा ३३ वर्षपछि यति ठूलो पानी परेको हो । सिंचाइ कुलो बिगारेपछि कृषक चिन्तित हुन थालेका छन् । “अब न अरु कुनै बाली लगाउन सकिन्छ न तत्काल कुलो मर्मत गरेर रोपाइँ गर्न सकिन्छ, कोरोनाले मरिएन, अब भोकमरीले त मरिने होला,” पीडित किसान जीवन रानाले भन्नुभयो ।
बाढीले गाउँमा जाने पाइपसमेत बगाएपछि गाउँमा खानेपानीको समस्या भएको रानाले बताउनुभयो ।“खेतमा धानको ब्याड रोप्ने भइसकेको छ, पानी नभएपछि अब कसरी रोपाइँ गर्नू ? खानेपानीको समेत गाउँमा हाहाकार भएको छ”, उहाँले भन्नुभयो ।
बाढीले सिंचाइ कुलो बगाउँदा सिङ्गो गाउँ नै भोकमरीमा पर्ने खतरा रहेको वनगाड कुपिण्डे नगरपालिका २ का वडाध्यक्ष प्रतिमल बुढाले जानकारी दिनुभयो ।“ खेतमा धान रोपाइँ गर्ने अर्को कुनै विकल्प नभएको, सिंचाइ कुलो बाढीले तहसनहस पारेकाले मर्मतसम्भार गर्ने अवस्था नभएको र यसले अब पूरै गाउँमा नै खाद्यसङ्कट आउने वडाध्यक्ष बुढाले चिन्ता व्यक्त गर्नुभयो ।
अहिलेसम्म आफूले यति ठूलो बाढी आएको नदेखेको र एक्कासि बाढी तथा ठाउँठाउँमा पहिरो आएर सिंचाइ कुलो भत्काएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । सिंचाइ कुलो भत्किएपछि रोपाइँका लागि तयारी अवस्थामा रहेको धानको व्याडसमेत सुक्न थालेको छ ।
तत्काल खानेपानी तथा सिंचाइ कुलो मर्मतका लागि वैकल्पिक उपाय नगरेकाले नगरपालिकाभित्रकै सबैभन्दा बढी खेतीयोग्य जमीन बाँझै रहने अवस्था देखिएको प्रभावित कृषकले बताएका छन् । तत्काल कुलो मर्मत हुन नसके पनि कुनै वैकल्पिक उपाय गरेर खेत बाँझो नरहने गरी सहयोग गर्न किसानले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २५ असार २०७७, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेक्सस बाढी: मृतकको संख्या १२० पुग्यो
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
बाढीले उपल्लो मुस्ताङमा ४ वटा पुल बगायो, २ पुलमा क्षति
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु: चितवन प्रशासन
टेक्सासमा बाढीका कारण मर्नेको संख्या १०० नाघ्यो, ३० भन्दा बढी बेपत्ता