काठमाडौँ । लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नेपालको नयाँ नक्सामा भारतले असहमति जनाउँदै कुटनीतिक नोट पठाएको छ ।
नेपालले नयाँ नक्सा सार्वजनिक गरि त्यस अनुसार निशान छाप परिमार्जनका लागि संविधान संशोधन गरेको थियो । त्यसमा असहमति जनाउँदै भारतले कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
भारतले पठाएको कूटनीतिक नोट असार १० गते आइपुगेको स्रोतको दाबी छ । यसअघि भारतले कालापानीसहितको क्षेत्र समेटेर नक्सा जारी गर्दा नेपालले त्यसमा असहमति जनाउँदै भारतलाई कूटनीतिक नोट पठाएको थियो ।
सन् २०१५ मा भारत–चीनबीच नेपालसँग परामर्श नै नगरी नेपाली भूमि प्रयोग गर्ने सहमति गरेपछि, गएको नोभेम्बरमा भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि तथा पछिल्लो पछिल्लोपटक भारतले बाटो उद्घाटन गरेपछि नेपालले भारतलाई कूटनीतिक नोट पठाएको थियो ।
नेपाली क्षेत्र हुँदै मानसरोबर जोड्ने बाटो भारतले उद्घाटन गरेपछि नेपालले नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि दुई देशबीचको सम्बन्ध केही चिसो भएका बेला भारतबाट कूटनीतिक नोट आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०७७, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर