विचार

"संक्रमितको उपचार कसरी प्रभावकारी ढंगले गर्ने भन्नेसमेत ज्ञान प्राप्त भएको छैन"

एजेन्सी

विहीबार, २५ असार २०७७, ११ : ४५
"संक्रमितको उपचार कसरी प्रभावकारी ढंगले गर्ने भन्नेसमेत ज्ञान प्राप्त भएको छैन"

प्रतिकात्मक फोटो


- रिकार्डो हाउसम्यान

CG Hills

निश्चितता इन्द्रेणी जस्तै होः अत्यन्त मोहक तर अलि दूर्लभ । धेरैपटक हामीलाई थाहा हुन्छ हामीलाई केही थाहा छैन भनेर । थाहा नभएको ज्ञान प्राप्त गर्न विषय विज्ञसँग कुरा गर्छौँ । तर, तिनलाई बढी थाहा छ भनेर कसरी थाहा पाउने रु परन्तु, आफूले नजानेपछि तिनलाई विश्वास गर्नुको विकल्प हुँदैन । 

ऐतिहासिकरुपमा हेर्दा हामीले आफ्नो विश्वासको आधार विज्ञान, अनुभव, इश्वरीय प्रेरणा आदिलाई बनाएको देखिन्छ । तर, हामीले खोजेको ज्ञानको उपस्थिति नै छैन र विज्ञानले पनि आफूलाई सोधिएको विषयमा ज्ञान छैन भन्ने थाहा पाएको छ भने के गर्ने ?

अहिले कोभिड–१९को महामारीको समयमा हामी त्यस्तै अवस्थामा पुगेका छौँ । नयाँ कोरोनाभाइरसको विषयमा हाम्रो ज्ञान निरन्तर बढ्दो छ तर साह्रै अपुग । अहिलेसम्म संक्रमितको उपचार कसरी प्रभावकारी ढंगले गर्ने भन्नेसमेत ज्ञान प्राप्त भएको छैन भने प्रभावकारी भ्याक्सिन बनाउने त परको कुरो । यस महाव्याधिलाई नियन्त्रण गर्न सामाजिक दूरीलाई कसरी विश्वसनीय ढंगले लागू गर्ने भन्नेसमेत पर्याप्त ज्ञान छैन । 

केही देश कोभिड–१९को संक्रमण र मृत्युदरलाई नियन्त्रण गर्न सफल भएका छन् । प्रतिलाख संक्रमित व्यक्तिमा सबैभन्दा बढी मृत्युदर भएका चार देश बेल्जियम, स्पेन, फ्रान्स र आयरल्यान्ड हुन् । यी सबै देश आआफ्नो उच्चतम अवस्था ९पिक० बाट ओर्लेपछि अहिले नयाँ संक्रमणमा त्यसको करिब ९५।५ प्रतिशत कमी आएको छ । अझ आयरल्यान्डमा त ९९।१ प्रतिशत कम भएको छ । यसले गर्दा ती देशमा लागू गरिएको बन्दाबन्दी ९लकडाउन० सफल भएको देखिन्छ ।

परन्तु, उल्लेखित देशहरूभन्दा कडा लकडाउन लागू गरेका देशहरू ९अक्सफोर्ड युनिभर्सिटीको ब्लाभात्निक स्कूलको मापनको आधार० तथा हिँडडुलमा कडाइ गरेका देशहरू ९गुगलले गरेको मापनको आधार०ले प्रारम्भिक खतरनाक पिक छल्न सके पनि अहिले संक्रमण ज्यामितीय दरमा बढिरहेको छ । यस्ता देशमा भारत, चिले, पेरु, कोलोम्बिया, एलसाल्भाडोर, कुवेत, दक्षिण अफ्रिका तथा साउदी अरेबिया छन् । अनि अर्को समूह, इजरायल र अल्बानिया छन्, जुन देश सफल लकडाउन सम्पन्न भएपछि पनि घातक संक्रमणको चंगुलमा परेका छन् । 

यस्तो अवस्थाको व्याख्या गर्ने अनेक बेतुक र अनुमानित सिद्धान्त प्रतिपादित हुन केही समय लाग्दैन । हुन पनि कुनै देशको जनस्वास्थ्यजस्तो अत्यधिक महत्त्वको विषयमा कुनै रणनीतिक निर्णय लिनुपर्ने अवस्थामा कुन देश संक्रमण नियन्त्रणमा कति सफल भयो भन्ने जान्न जरुरी हुन्छ । 

उदाहरणका लागि, कुनै ठूलो परिवार आफैँभित्र संक्रमण फैलाउने कारण बन्नसक्छ भने कतिपय देशमा रेफ्रिजेरेटर नहुनाले दिनहुँ बजार जानुपर्ने हुनसक्छ । धारामा पानी कमै आउने देशमा हात धोइरहन समस्या हुन्छ । त्यस्तै जनताले मास्क लगाउन रुचाउने वा नरुचाउने पनि देशअनुसार फरक हुन्छ । त्यस्तै देशको अनौपचारिक अर्थतन्त्रको आकार, घरपरिवारको आर्थिक क्षमता तथा सामाजिक संक्रमणको अवस्थाहरूले पनि संक्रमणको स्तर निर्धारण गर्छ । त्यस्तै लकडाउनका नियम कति सशक्त ढंगले पालना गराइयो, सरकारप्रति जनताको विश्वास कस्तो छ भन्ने तथा देशको राष्ट्रिय चरित्र पनि यस विषयमा कारक बन्न सक्छन् । 

संभावित सिद्धान्त प्रतिपादित गरेको आधारमा मात्र ज्ञानको अभिवृद्धि भने हुँदैन । साँच्चैको प्रभावकारी के हो भन्ने विषयमा ज्ञान हुनुपर्छ । त्यसैले कुन ठीक भनेर जाँच्ने कसीको रुपमा उन्नाइसौं शताब्दीका बेलायती वैज्ञानिकको भनाइ उद्धरणीय देखिन्छ । उनी भन्थे — “धेरै राम्रा सिद्धान्त एउटै घीनलाग्दो सत्यले सखाप पारिदिन्छ ।”

सही सिद्धान्तको खोजीका लागि धेरै तथ्यांक खोज्ने र तिनको विश्लेषण गर्ने व्यवस्था हुनुपर्छ । उदाहरणका लागि अमेरिकामा कोभिड–१९बाट मृत्यु हुनेमध्येको ४० प्रतिशत नर्सिङहोमसँग सम्बन्धित देखिएका छन् । ९अमेरिकामा नर्सिङ होम भन्नाले वृद्ध र अशक्त बिरामीलाई लामो समय उपचार गर्ने अस्पताल बुझिन्छ ।० । तेल अभिभ विश्वविद्यालयको अध्ययनअनुसार युरोपमा पनि नर्सिङहोमको उपचार गर्ने क्षमता र कोभिड–१९को मृत्युमा सम्बन्ध देखिएको छ । 

यी विश्लेषणहरू आफैमा रकेट साइन्स होइनन् । वास्तवमा, धेरै केही नभन्दा पनि यी विश्लेषण अपूरा छन् त पक्कै भन्न सकिन्छ । किनभने यीनले प्रयोग गरेका तथ्यांक साधारण राष्ट्रिय तथ्यांक हुन् । तथ्यांकशास्त्रीले विधि पुर्‍याएर तल्लो तहबाट संकलन गरेका तथ्यांक होइनन् । यी तथ्यांक दसौं हजार व्यक्तिको कोभिड–१९बाट ज्यान गएपछि लिन सुरु गरिएकाले पनि अझ सशक्त मान्न सकिन्न । 

त्यसैले यी विश्लेषणले कोभिड–१९ भाइरस विरुद्ध वैज्ञानिक विजयको उद्घोषभन्दा जनस्वास्थ्यको नीति बनाउन कसरी अवैज्ञानिक विश्लेषणको प्रयोग भएको छ भन्ने चित्रण गर्छ । यस महाव्याधिको थालनीदेखि नै हामीले यो रोगको विषयमा केही ज्ञान छैन भन्ने स्वीकार गरेर अघि बढेको भए सिकेका कुराको जानकारी गराउँदै सबैको अनुभवको आधारमा निकै धेरै सिक्न सक्थ्यौँ । 

थाहा छैन भन्ने सोचेर काम गरेको भए कोभिड–१९ को साधारण तथ्यांक संकलनमा हाम्रो विशेष ध्यान जान्थ्यो । जस्तो कुन मितिमा संक्रमण प्रमाणित भयो, बिरामीको उमेर, लिंग, घर तथा अफिसको ठेगाना, सवारी साधन तथा सम्पर्कहरू के के हुन् । त्यसपछि रोग बढ्दै गएमा कुन अस्पतालमा भर्ना भएको र के के लक्षण आए भन्ने पनि संकलन हुन्थ्यो । कतिपय अवस्थामा यस्ता तथ्यांक संकलन भएका पनि होलान् तर जनताबाट लुकाएर राखिएको छ, अझ भनौं आफ्नो क्षेत्रमा अरू कसैलाई ढिम्किनै नदिने ईष्र्यालु स्वास्थ्यमन्त्रीले लुकाएर राखेका होलान् । यस्तो तथ्यांक प्रशिक्षित विश्लेषकले समयमै पाएको भए जनस्वास्थ्य नीति बनाउन धेरै मद्दत हुन्थ्यो । त्यस्तै, ओईसीडी ९आर्थिक सहयोग र विकास संस्था० देशको सुझावजस्तै सरकारले व्यक्तिको निजी जीवनमा असर नगर्ने तरिकाले व्यक्तिगत मोबाइल फोन, इन्टरनेट सर्च तथा टेलिफोन सर्भेको प्रयोग गर्नसक्थ्यो । 

धेरै देशका सरकारहरू यसरी सूचनाबाट संचालित हुने रणनीति कार्यान्वयन गर्न आफ्नो देश समर्थ नभएको ठान्छन् र अरु देशमा सफल भएको तरिका उपयोग गरेर रोगविरुद्ध लड्ने योजना बनाउँछन् । तर, यो गलत तरिका हो । यो महाव्याधिको असर देशपिच्छे कसरी र किन फरक छ भन्ने अध्ययन अझै हुन सकेको छैन, जुन पत्ता लगाउन जरुरी छ । उदाहरणका लागि पेरुमा रेफ्रिजेरेटर नभएका घरमा संक्रमणको बेसी खतरा छ कि छैन रु 

वास्तवमा सबै लकडाउन र सामाजिक दूरीको अवस्था फरक छन् जसले ती लकडाउनको प्रारुप बनाउने तरिकाको फरक प्रष्ट्याउँछ । अहिलेको अवस्थामा केले काम गर्छ वा केले काम गर्दैन भनेर पत्तो लगाउन अत्यन्त जरुरी पनि भएको छ । किनभने अब लकडाउनको अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउने तर संक्रमण नियन्त्रण गर्ने कोसिसमा संसार अघि बढ्दैछ । 

कोभिड–१९सँगको लडाईँ अझै प्रारम्भिक चरणमा नै छ । त्यसैले अझै पनि कोसिस गर्न ढिला भएको छैन । दार्शनिक शुकरात ९सोक्रेट्स०ले भनेका छन् आफू केही जान्दिन भनेर जान्नु भनेको शाब्दिक अन्तर्विरोधमात्र हो । त्यसैले हामीले यो नयाँ भाइरस तथा यससँग लड्ने विषयमा आफूले जानेको छैनौं भन्ने जानौ र यससँग लड्ने शक्ति आर्जन गरौँ । अब सिक्नका लागि कम्मर कसौँ । 

(लेखक भेनेजुयलाका पूर्व योजनामन्त्री, इन्टर–अमेरिकन बैंकका प्रमुख अर्थशास्त्री तथा हार्वर्ड विश्वविद्यालयका प्रोफेसर र हार्वर्ड ग्रोथ ल्याबका डाइरेक्टर हुन् ।)

Copyright: Project Syndicate, 2020.