काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत बुधबार कोभिड–१९ पहिचानका लागि १ सय १४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा आयो ।
२४ घण्टामा सबैभन्दा बढी ७ सय ४० जनामा संक्रमण पुष्टि भएको दिन गत शुक्रबार धनगढीको सेती प्रादेशिक अस्पताल, पशुपक्षी अन्वेषण प्रयोगशालामा गरिएको ६५ नमुनाको पीसीआर परीक्षणमा सबै नतिजा पोजिटिभ देखिएको थियो । त्यही दिन ललितपुरको पाटन अस्पतालमा गरिएको २ सय ७ नमुना र त्रिवि शिक्षण अस्पतालमा गरिएको ९६ नमुना परीक्षणमा सबै पोजिटिभ आएको थियो ।
विज्ञहरूका अनुसार हालसम्म मुलुकमा जति परीक्षण गर्यो, सबैमा पोजिटिभ आउने स्थिति छैन । तर प्रयोगशालामा सबै नमुना पोजिटिभ नतिजा आउँदा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले खासै ध्यान दिएनन् । यस्तो ‘प्राविधिक त्रुटि’ बारे छानबिन पनि भएन ।
वरिष्ठ जनस्वास्थ्यविद् डा राजेन्द्र बीसीका अनुसार हालसम्मका परीक्षणमा अधिकतम १५ प्रतिशतसम्म मात्र पोजिटिभ आउने गरेको देखिएको छ । प्रयोगशालामा राखिएको किट सही तरिकाले प्रयोग नभएर सबै पोजिटिभ आएको हुन सक्ने स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।
त्यस दिन संक्रमण नभएका व्यक्तिमा पोजिटिभ देखिएको हुन सक्छ । तर यो गम्भीर गल्तीलाई ढाकछोप गर्ने प्रयास भइरहेको छ ।मन्त्रालय स्रोतका अनुसार इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत प्रयोगशालालाई यसबारे खोजबिन गर्न निर्देशन दिएको छ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ असार २०७७, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु