आईजीपी नियुक्तिबारे विगतमा यस्ता थिए विवाद...

पत्रपत्रिकाबाट

बुधबार, २४ असार २०७७, ०७ : ५६
आईजीपी नियुक्तिबारे विगतमा यस्ता थिए विवाद...

काठमाडौँ । सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षक (आइजिपी) पदमा अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २८औं महानिरीक्षकमा एआइजीको वरीयतामा पहिलो नम्बरमा रहेका थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

यो पटककाे नियुक्ति विवादरहित हाे । विगतका केही महानिरीक्षक नियुक्ति भने विवादमा परेका थिए । आइजिपीमा प्रतिस्पर्धाका लागि पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवाल र जयबहादुर चन्दको विवाद भने सतहमा नै आएको थियो । त्यस बखत तत्कालीन सरकारले पहिलो वरीयतामा रहेका सिलवाललाई नबनाएर तेस्रो नम्बरमा रहेका चन्दलाई आइजिपी नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।

अदालतले चन्दलाई आइजिपी बनाउने सरकारको निर्णय प्रक्रियामा त्रुटि देखाएपछि सरकारले दास्रो वरीयतामा रहेका प्रकाश अर्याललाई महानिरीक्षक बनाएको थियो । त्यस्तै, २६औं महानिरीक्षक बन्नका लागि तत्कालीन डिआइजीद्वय सर्वेन्द्र खनाल र रमेश खरेलबीच समेत शक्ति केन्द्र धाउने होडबाजी नै चलेको थियो । त्यस बखत डिआइजीमा खरेलभन्दा कनिष्ठ रहेका खनाललाई सरकारले आइजिपी बनाएपछि खरेलले डिआइजीबाटै राजीनामा दिएका थिए ।

त्यसअघि कुवेरसिंह राना प्रहरी प्रमुख हुँदा समेत उत्पन्न भएको थियो । त्यसबखत रानासँगै प्रतिस्पर्धामा रहेका एआइजीद्वय नवराज ढकाल र भीष्म प्रसाइँबीच प्रहरी संगठनको नेतृत्व हात पार्न कडा प्रतिस्पर्धा भएको थियो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस