अनुमति नै नलिई अनुसन्धान र परीक्षण

पत्रपत्रिकाबाट

मंगलबार, २३ असार २०७७, ०७ : ५८
अनुमति नै नलिई अनुसन्धान र परीक्षण

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमतिबेगर सेन्टर फर मलिकुलर डायनामिक्सले ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक गरेको छ । अनुसन्धान र परीक्षणका लागि अनुमति नै नलिई ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक भएको छ ।

परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले भने, ‘हामीसँग अनुसन्धानका लागि अनुमति लिएको देखिँदैन । तर, महामारीको बेला स्वास्थ्य क्षेत्र पनि जोडिएका कारण सरकारी निकायसँग समन्वय गरेको भए अनुसन्धानले अझ आधिकारिकता पाउँथ्यो ।’ उनले मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्ने प्रावधान रहेको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्ने उल्लेख छ ।राजधानी दैनिकमा खबर छ ।