बाँदर धपाउने यन्त्र वितरण

रासस

सोमबार, २२ असार २०७७, २१ : १९
बाँदर धपाउने यन्त्र वितरण

फाईल फोटो

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरले किसानलाई दुःख दिन थालेपछि नगरपालिकाले बाँदर धपाउन प्रयोग गरिने यन्त्र वितरण गरेको छ । 

नगरपालिकाले नौवटै वडाका किसानलाई बाँदर धपाउने यन्त्र आज वितरण गरेको हो । किसानहरुले लगाएको बाली खाएर बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि ३० थान बाँदर धपाउने यन्त्र किसानलाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो । 

बाँदरले किसानहलाई दुःख दिन थालेपछि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गरेको थियो । पहिलो चरणमा नगरपालिकाले ३० थान बाँदर नियन्त्रयण गर्ने यन्त्र किसानलाई वितरण गरेको र यसको प्रभावकारिताको आधारमा पुन दोस्रो चरणमा थप वितरण गरिने नगरपालिकाले जनाएको छ ।