“क्लीन चितवन, ग्रिन चितवन र वेटर चितवन” नामक अभियान सञ्चालनमा

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, २० : १२
“क्लीन चितवन, ग्रिन चितवन र वेटर चितवन” नामक अभियान सञ्चालनमा

चितवन । लकडाउनको सदुपयोग गर्दै चितवनका युवाहरुले “क्लीन चितवन, ग्रिन चितवन र वेटर चितवन” नामक अभियान सञ्चालन गरेका छन् ।

युवाहरुले प्रत्यक दिन दुई घण्टा समाजका लागी भन्दै बिभिन्न स्थानमा पुगेर अभियान सञ्चालन गर्दै आएका छन् । अभियानताहरुले चितवनका बिभिन्न सामुदायिक बिद्यालय पार्क तथा बिभिन्न सार्वजनिक स्थानमा सरसफाई गर्दै आएको अभियानका संयोजक सरोजधोज भण्डारीले जानकारी दिए । भण्डरीका अनुसार अहिले अभियान ११ औँ दिन सम्म आईपुगेको छ । ६० दिन सम्म सञ्चालन गर्ने अभियानमा बिभिन्न क्षेत्रका सय भन्दा बढी युवाहरुको सहभागिता रहेको छ । 

देबघाटको राम जानकी बालिका आश्रमबाट सुरु भएको अभियानको ११ औँ दिन सोमबार शक्तिखोर बजार र शत्तिखोर झरना सरसफाई गरिएको छ । कालिका नगरपालिकामा पर्ने उक्त झरनामा लकडाउनेको बेलामा समेत दैनिक सयौ शङख्यामा ब्यत्तिहरु पुग्ने गरेको र फोहोर भएको गुनासो पछि युवाहरु झरना पुगेर सरसफाई गरेका हुन । उक्त झरना वरिपरीबाट १० बोरा फोहोर संकलन गरिएको थियो । युवाहरुले चलाएको क्लीन चितवन अनर्तगत जिल्लाका बिभिन्न स्थानमा पुगेर सरफाई गर्ने, ग्रिन चितवन अनर्तगत जिल्ला भर १० हजार बिरुवा रोप्ने र बेटर चितवन अनर्तगत शुशासनको वकालत गर्दै भष्ट्राचार बिरुद्ध खरोरुपमा उत्रिने अभियानका संयोजक भण्डारीले बताए । 

युवाहरुले हाल सम्म २५ सय बिरुवा रोपिसकेका छन्, दर्र्जन भन्दा बढी स्थानमा पुगेर सरसफाईका कार्यक्रम गर्दै आएका छन् । युवाहरुले जिल्लामा हुने बाल विबाह, महिला हिंसा लगायतका बिभिन्न गतिविधिका बिषयमा समेत जनचेतना मुलक कार्यक्रम गर्ने संयोजक भण्डारीले बताए । अभियानमा बिभिन्न समुदायका स्थानीयहरुले समेत सामाजिक अभियन्ताहरुलाई कार्यक्रममा सहभागि भएर सहयोग गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस