फेसबुकबाट साम्राज्ञीले दिइन् भुवन केसीलाई यस्तो चेतावनी

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, १५ : ५८
फेसबुकबाट साम्राज्ञीले दिइन् भुवन केसीलाई यस्तो चेतावनी

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फेसबुकमा स्टाटस लेख्दै अभिनेता भुवन केसीलाई कानुनी कारबाहीको चेतावनी दिएकी छिन् ।

साम्राज्ञीले जोससँग सम्बन्ध छ भन्दै सामाजिक संजालमा सोमबार पोष्ट गरेको स्टाटसमा लेखेकी छिन्, ‘ देशको एक नागरिकको हिसाबले कसैले आफ्नो धारणा व्यक्त गर्न पाउनु उसको संविधान प्रदत्त मौलिक हक हो, त्यसमा कसैले बाधा अड्चन गरेमा स्वयं कानुनी कारवाहीमा पर्नसक्ने कुराको ज्ञान हुनु जरुरी पनि छ,’ उनले अगाडि लेखेकी छन् ‘आजका नारीहरु यति कमजोर छैनन् कि आफ्नो प्रतिरक्षा गर्न नसकुन् चाहे त्यो सामाजिक हिसाबले होस् या कानुनी हिसाबले । आजका महिलाहरु हरेक हिसाबले सबल छन् भन्ने कुराको हेक्का राखौँ ।’ 

स्टाटसमा उनले एउटा नवप्रवेशी कलाकारले आफ्ना सुरुको संघर्षका दिनहरूमा भोग्नुपर्ने अदृश्य उत्पीडन, वास्तविक अप्ठ्याराहरु र अभिव्यक्त गर्न नपाइने हो भन्दै प्रश्न समेत गरेकी छन् ।

‘एउटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाइ होच्याएर सामाजिक संजाल अनेकथरी भन्नू कहाँसम्म उचित हो ? आफूलाई इज्जतदार ठान्नेले सामाजिक संजालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ ?’ उनले अभिनेता भुवन केसी प्रति लक्षित गर्दै अगाडि लेखेकी छन्, ‘तपाईँको बोलचाली र आनिबानीले तपाईंलाई समाजमा प्रतिबिम्बित गरेको हुन्छ ख्याल राख्नुस् !’

साम्राज्ञीको अभिनेता भुवन केसीले आफ्नो फिल्मको नाम बेचेर खाइरहेको भन्ने भनाइको समेत खण्डन गरेकी छन् । उनले त्यसको जवाफमा लेखेकी छन्, ‘कुनैपनि कलाकारले स्वयं उसले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ । जुनकुराको भुक्तभोगी तपाईं स्वयं हुनुहुन्छ भने कुनै ब्यानरको एक फिल्म चल्दैमा सोहीलाई बेचेर पछिका पाएको भन्ने तर्क बिल्कुलै मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस