नेपाल–चीन रसुवागढी नाका एकतर्फी सञ्चालन

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, १२ : ३३
नेपाल–चीन रसुवागढी नाका एकतर्फी सञ्चालन

काठमाडौं । नेपाल–चीन रसुवागढी नाका एकतर्फी सञ्चालनमा आएको छ ।

कोरोना भाइरस संक्रमणका कारण ६ महिनासम्म बन्द रहेको सो नाका आज सोमबारबाट एकतर्फी सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । चिनियाँतर्फबाट मितेरी पुलमा सामान आएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको हो ।

‘चीनतर्फबाट सामान आइपुगेको छ, हाम्रोतर्फबाट नेपाल भित्र्याउन सुरक्षाको उपायसहित अनलोडको काम सुरु भएको छ,’ भन्सार प्रमुख खड्काले भने ।

दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी जुटेपछि नाका खुल्ने निश्चित भएको थियो । बन्द भएको ६ महिना ८ दिनपछि नाकाबाट एकतर्फी व्यापार सुरु भएको खड्काले बताए । 

नेपालबाट हुने निकासी र मानवीय ओहोरदोहोर भने कोरोना संक्रमण कम हुँदै गएपछि खोल्ने अनौपचारिक सहमति बनेको  छ ।

प्रतिक्रिया दिनुहोस