कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल

पत्रपत्रिकाबाट

सोमबार, २२ असार २०७७, ०७ : ४२
कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल

फाईल फोटो

काठमाडौं । कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल शुरु गरेको छ । पाठ्यपुस्तक छपाइ गर्न स्वीकृति पाएका करिब १८ पुस्तक प्रकाशक तथा बिक्रेतालाई केही रकम बुझाए मात्र पुस्तक छपाइ र बिक्री गर्न दिने पाठ्यक्रम विकास केन्द्रले बताउँदै आएको छ । एक पुस्तक प्रकाशक र बिक्रेताका अनुसार केन्द्रले प्रति प्रकाशक १ लाख ५० हजार रुपियाँ माग गरेको बुझिएको छ ।

‘माघमा सूचना प्रकाशित गरी ३० दिनभित्र पुस्तक छपाइ गरी केन्द्रमा बुझाउन निर्देशनसहितको चिठी दिएको थियो । तर चिठी उपलब्ध गराएपछि छपाइ स्वीकृत नदिएर प्रकाशकलाई आर्थिक दबाब दिएको छ ।

माघमा सूचना जारी गरेपछि पुस्तक प्रकाशकले परिवर्तन भएको प्रति पुस्तक १० हजार रुपियाँ राजस्व बुझाइसकेका थिए । राजश्व बुझाएर प्रक्रिया शुरु गर्न खोज्दा अहिलेसम्म पुस्तक छपाइ गर्न निर्देशन दिएको छैन’ –एक प्रकाशकले भने ।

स्वीकृत पाएर पनि पुस्तक छपाइ गर्न नदिएर चलखेल गरेको आशंकामा करिब डेढ महिनाअघि केन्द्रबाट पाठ्यपुस्तक छपाइसम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको थियो ।
केन्द्रका महानिर्देशक केशव दाहालले आफूहरुले कुनै आर्थिक चलखेल नगरेको र कुनै प्रकाशकसँग रकम माग नगरेको दाबी गरे । नेपाल समाचारपत्रमा खरब छ ।

प्रतिक्रिया दिनुहोस