कक्षा ११ को परीक्षा यसवर्ष नहुने

आइतबार, २१ असार २०७७, १४ : ५६
कक्षा ११ को परीक्षा यसवर्ष नहुने

काठमाडौँ । यसवर्ष एसईई परीक्षा नभएजसरी कक्षा ११ को परीक्षा पनि नहुने भएको छ । कोरोनाभाइरस महामारीले स्थगित कक्षा ११ को परीक्षा नहुने निर्णय भएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । 

एसईईकै जस्तो गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षा ११ को परीक्षाफल प्रकाशित गर्न लागिएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद बैठकले आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको परिषद बैठकले परीक्षा रद्द गर्दै आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो। कक्षा १२ को बोर्ड परीक्षा भने अनुकूल समयमा लिइने छ । 

प्रतिक्रिया दिनुहोस