भोलिदेखि रसुवागढी नाका सञ्चालनमा आउने

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, १४ : १८
भोलिदेखि रसुवागढी नाका सञ्चालनमा आउने

काठमाडौं । भोलि सोमबारदेखि रसुवागढी नाका सञ्चालनमा आउने भएको छ ।  नेपाल–चीन रसुवागढी नाका कोरोनाका कारण ६ महिनादेखि बन्द थियो । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । 

सोमबार नेपाली समयअनुसार बिहान ८ बजेदेखि नाका सञ्चालनमा ल्याउन समझदारी बनेको छ । खुलेपछि नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १२० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ ।

नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरु नै परिचालित हुने छन् । मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याइने भन्सार कार्यालयले जनाएको छ । व्यवसायीहरु चीनतर्फ जान पाउने छैनन् । रसुवागढीसम्म जानकालागि पनि रसुवा जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस