काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आईतबार देशभरको मौसम बदली भइ धेरै स्थानमा पानी पर्ने रहेको जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
यस्तै भारतको पूर्वी उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको पनि प्रभाव नेपालमा परेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आइतबार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशभर साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०७७, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किर्गिजस्तानका पूर्व प्रधानमन्त्री पक्राउ
राष्ट्रिय महिला लिग फटबल : मोरङको सुखद नतिजा
धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड
रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज