एजेन्सी । पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैसीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसको महामारीबाट बढी प्रभावित हुने दक्षिण एसियाली देशहरु मध्ये पाकिस्तान पनि अग्रणी स्थानमा पर्छ ।
विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन् । संक्रमण पुष्टि भए लगत्तै आफू घरमै क्वारेन्टिनमा बसेको उनले ट्वीटरमा ट्वीट गर्दै उल्लेख गरेका छन् । शुक्रबार उनले लेखेका छन्, ‘मलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सहजै महसुस गरिरहेको छु ।’
घरबाटै काम गर्ने बताएका उनले सर्वसाधारणसँग आफ्ना लागि प्रार्थना गर्न आग्रह पनि गरेका छन् । पाकिस्तानमा दुई लाख २३ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । भने४ हजार ५ सय भन्दा बढीको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० असार २०७७, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि