आज दिनभरको मौसम कस्तो रहला ? धेरै स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, २० असार २०७७, ०९ : ०४
आज दिनभरको मौसम कस्तो रहला ? धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएसंगै अत्याधिक स्थानमा वर्षाको सम्भावना रहेको  जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशका सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।
राति पनि सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस