काठमाडौं । सरकारी निकायको आइटीमा महत्वपूर्ण ठेक्का हत्याउन सफल ओम्नी समूहले नेपाल टेलिकममा पनि प्रवेश पाएको तथ्य फेला परेको छ ।
लकडाउनको मौका छोपेर टेलिकमले ओम्नी समूह लगायतलाई सुटुक्क मासिक एक अर्बभन्दा माथिको व्यापार गर्न सक्नेगरी रिचार्ज कार्डको डिलर दिएको पाइएको हो ।
टेलिकमबाट यसअघि रिचार्ज कार्डको डिलरको जिम्मा पाएका ४० भन्दा बढी कम्पनीले सब–डिलर भएर काम गरेपछि मात्र डिलरको जिम्मा पाएका थिए। तर ओम्नीले सब–डिलरको काम नै नगरी बालुवाटारको दबाबमा डिलरको जिम्मा पाएको नेपाल टेलिकम उच्च स्रोतले बतायो।
टेलिकम स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर अलीको स्वामित्वमा रहेको अनलाइन विद्युतीय भुक्तानी प्रणाली ई–सेवासँग सहकार्य गर्नेगरी ओम्नीले टेलिकमको रिचार्ज कार्डको डिलर पाएको हो। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका विश्वासपात्र रहेका अलीले निरन्तर दबाब दिएर ओम्नीलाई रिचार्ज कार्डको डिलर बनाएका हुन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ असार २०७७, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
नयाँ वर्ष २०८३ का लागि नेपाल टेलिकमको विशेष अफर सार्वजनिक
नेपाल टेलिकमका ग्राहकलाई राहत: बक्यौता महसुलमा जरिवाना शतप्रतिशत छुट