९१ हजार ७०० पुग्यो सुनको मूल्य

सफल खबर संवाददाता

बुधबार, १७ असार २०७७, १२ : ३७
९१ हजार ७०० पुग्यो सुनको मूल्य

काठमाडां । आज बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ७०० रुपैयाँ पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ९१ हजार ७०० रुपैयाँ पुगेको हो । यसअघि सुनको मूल्य यतिधेरै कहिल्यै भएको थिएन । 

संघका अनुसार यसअघि असार १५ मा सबैभन्दा धेरै ९१ हजार ३०० थियो । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ ।  

महासंघका अनुसार बुधबार तेजावी सुन तोलामा ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस